प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको होटल सञ्चालकले नै हत्या गरेको खुलासा « Khabarhub

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको होटल सञ्चालकले नै हत्या गरेको खुलासा


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागलुङको बडिगाड गाउँपालिका ६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा मृत भेटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेलको होटल सञ्चालकले नै हत्या गरेको पाइएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय विनोद कुँवरले पौडेलको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनी खाजा खान उक्त होटल गएका थिए । दुबै आरोपीलाई प्रहरीले मंगलबार नै पक्राउ गरिसकेको छ ।

होटेल सञ्चालकसँग विवाद हुँदा आशा र विनोद कुँवरले पौडेललाई मुक्का हानेको र मरणासन्न हुनेगरी छातीमा लात्तीले हानेको जनाएको छ । कुटपिट र मुक्का प्रहारबाट बेहोस भएका पौडेलको पर्दाको कपडाले घाँटी कसेर हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

नगर प्रहरी कार्यालय बागलुङ दरबन्दी भई ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेल उक्त होटलको भुइँ तलाको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : १३ बजे

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्