एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति « Khabarhub

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक भएको छ ।

पार्टीको सचिवालय बैठकले विधानअनुसार मनोनीत गरेका यी प्रतिनिधिसँगै महाधिवेशनमा कुल २ हजार २६२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

यद्यपि, यो सूची सार्वजनिक हुनासाथ पार्टीभित्र विवाद उत्पन्न भएको छ । अध्यक्ष पदका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत सूचीप्रति गम्भीर असहमति जनाएका छन् ।

शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र आफू बसेर १०८ जना प्रतिनिधि टुंगो लगाउने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आज बिहान दुवै नेताबीच छलफल हुने कुरा भएको तर सहमति विपरीत एकलौटी रूपमा सूची प्रकाशित गरिएको पोखरेलले बताएका छन्।

‘आज प्रकाशित सूची हिजो अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको नामावली मात्र हो’, उनले भने, ‘मैले हिजै आफ्नो समूहबाट अलग सूची प्रस्तुत गरेको थिएँ । दुवै सूचीबीच सहमति खोज्ने निर्णय भएको थियो, तर त्यो सहमति उल्लङ्घन गरियो ।’

मनोनीत प्रतिनिधिको छनोटमा ओली र पोखरेल समूहबीच ६०/४० अनुपातमा भागबन्डा भएको बताइए पनि पोखरेल पक्षले यो प्रक्रियालाई एकपक्षीय भएको आरोप लगाएको छ ।

यसअघि पनि प्रतिनिधि छनोट प्रक्रियामा विभिन्न जिल्लामा विवाद देखिएको थियो ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ भने बन्दसत्र काठमाडौंमा सञ्चालन हुनेछ ।

महाधिवेशनमा अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने अवस्थामा नयाँ विवादले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई थप उजागर गरेको छ ।

पार्टीले सार्वजनिक गरेको सूचीमा विभिन्न क्लस्टरबाट मनोनीत नेताहरू समावेश छन् । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : २९ बजे

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु