धेरै आलोचना हुन्छ सोचेकोमा कमै भयो : सभापति देउवा « Khabarhub

धेरै आलोचना हुन्छ सोचेकोमा कमै भयो : सभापति देउवा


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा आफ्नो धेरै आलोचना होला भन्‍ने ठानेको भए पनि कम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

पार्टी सभापति देउवाले बुधबर सात दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय पारित गर्दै धेरै महत्वपूर्ण विषयमा छलफल भएको बताए। ‘मैल त धेरै आलोचना होला भन्ठान्या, कम भयो त्यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने।

सभापति देउवाले पार्टीको बैठक लाइभले जीवन्त बनेको पनि बताएका छन्। उनले भने, ‘पार्टीको बैठकले जनताले पनि सबै कुरा थाहा पाएको र पार्टीका कोहीभन्दा कम नभएको र एकसय एक केन्द्रीय सदस्यहरु रहेको पनि प्रमाण पनि दुनियाँले बुझेको छ।’

कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ। कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिए।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ८ : १९ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै