पूर्वी नाकाबाट चार करोडको जडीबुटी निर्यात | Khabarhub Khabarhub

पूर्वी नाकाबाट चार करोडको जडीबुटी निर्यात


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर पछिल्लो एक वर्षमा रु चार करोड ३० लाख छ हजार मूल्य बराबरको दुई सय ९० मेट्रिक टन जडीबुटी भारत निकासी भएको छ ।

पूर्वी नाकाबाट भारततर्फ निकासी हुने मालसामानमा जडीबुटी मुख्य वस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बालीलगायतका वस्तु निर्यात हुँदै आएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि क्रमशः मजिठो र पदमचाल धेरै निर्यात भएको छ ।

उहाँका अनुसार विगत एक वर्षमा रु दुई करोड ५४ लाख ४० हजार मूल्य बराबरको एक सय २७ मेट्रिक टन चिराइतो, रु एक करोड १३ लाख २३ हजार दुई सय मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो र रु १३ लाख ६५ हजार तीन सय मूल्य बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको छ ।

चिराइतो नेपालको एक हजार दुई सयदेखि तीन हजार मिटर उचाइको पहाडी भूभागमा पाइने बहुऔषधीय गुणयुक्त जडीबुटी हो । ‘स्वरसिया चिराता’ वैज्ञानिक नाम भएको चिराइतो महँगोमा बिक्री हुने जडीबुटी मानिन्छ । आयुर्वेदमा यसको औषधीय गुणको वर्णन गरिएको छ ।

औलोको ज्वरो, रगतमासी, महिनावारी गडबडी, कब्जियत, घाउ, खटिरा आदि रोगमा यसको सेवन औषधि हुने बताइएको छ । तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरलगायतका जिल्लामा यसको प्रचुर उत्पादन हुँदै आएको छ ।

मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा आदि जिल्लामा पनि प्राकृतिकरूपमै चिराइतो उम्रने गरेको पाइन्छ ।

शक्तिबद्र्धक औषधिका रूपमा मानिएको पदमचाल नेपालको उच्च हिमाली भेगमा पाइने जडीबुटी हो । दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालीकोट, दैलेख, जाजरकोटलगायतका जिल्लामा पर्याप्त मात्रामा पाइने यसको व्यावसायिक खेतीसमेत हुन थालेको छ । मजिठो पनि नेपालको पहाडी भेगमा पाइने जडीबुटीजन्य वनस्पति हो । प्यारालाइसिस, अल्जाइमर्स, छालासम्बन्धीलगायतको रोगमा यसको प्रयोग हुने गरेको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट आव २०७९/०८० मा रु १५ लाख २१ हजार मूल्यको १३ मेट्रिक टन अमला, रु ११ लाख २२ हजार मूल्य बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, रु एक लाख ६६ हजार मूल्य बराबरको एक हजार एक सय मेट्रिक टन कुरिलो, रु आठ लाख ८५ हजार मूल्य बराबरको २५ मेट्रिक टन धुलो धुप, रु ४० हजार मूल्य बराबरको नागबेली, रु ११ हजार मूल्य बराबरको सिस्नोको जरा, रु नौ लाख २४ हजार मूल्य बराबरको १४ मेट्रिक टन रिठ्ठा र रु एक लाख ९५ हजार मूल्य बराबरको एक हजार पाँच सय मेट्रिक टन जटामसी भारत निर्यात भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ५२ बजे

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति