जिल्ला अदालत चितवनमा सम्बन्धविच्छेदका मुद्दा धेरै « Khabarhub

जिल्ला अदालत चितवनमा सम्बन्धविच्छेदका मुद्दा धेरै


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् । 

यस्तै चेक अनादरको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा ६ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए ।

कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए । गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित पाँच हजार छ सय मुद्दामध्ये ६४ दशमलव ५१ प्रतिशत मुद्दा फर्स्योट भएको छ ।

सापकोटाका अनुसार जिम्मेवारी सरी आएका एक हजार पाँच सय ६५ मुद्दामध्ये एक हजार तीन सय ४५ मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएका तीन हजार चार सय ३५ मध्ये दुई हजार दुई सय ६८ मुद्दा फैसला भएका छन् । 

गत आवमा जिम्मेवारी सरी आएका मुद्दा एक हजार नौ सय ८७ रहेको उनले जानकारी दिए ।

सोही समयमा एक सय मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन् । कार्यालयका अनुसार मेलमिलापमार्फत तीन सय १० मुद्दा मिलापत्र भएका छन् ।

मेलमिलापमा पठाइएका एक हजार दुई सय ६५ मुद्दामध्ये आठ सय ४७ मुद्दा फिर्ता भएका छन् भने एक सय आठ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले जानकारी दिए ।

अदालतले चालु आवका लागि पाँच हजार आठ सय २३ वटा मुद्दा दर्ता हुने र तीन हजार सात सय ८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ । 

यस्तै निवेदनतर्फ दुई हजार दुई सय ६७ दर्ता हुने अनुमान गरिएको छ । चालु आवको साउन महिनामा एक सय ३३ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले साउनमा दुई सय १० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा दुई सय ८१ मुद्दा फैसला गरेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : १० बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा