भारतमा रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० जना घाइते « Khabarhub

भारतमा रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० जना घाइते


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको तमिलनाडुमा एक रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मदुरै रेलवे स्टेसन नजिक तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

लखनऊबाट ६० जनाभन्दा बढी तीर्थयात्री बोकेर अगस्ट १७ मा उक्त रेल सामी दर्शनका लागि दक्षिण भारतको यात्रामा निस्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीहरुले हिजो नागरकोइलस्थित पद्मानभा स्वामी मन्दिरको दर्शन गरेका थिए ।

मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर दूरीमा रोकिएको उक्त रेलमा आगो लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएको समयमा केही यात्रीहरुले ग्यास सिलिन्डरको प्रयोग गरी चिया बनाइरहेको अवस्थामा अच्चानक आगो लागेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : २१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी