पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध « Khabarhub

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

उदयपुर– निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन् । पूर्वबाट राजधानी काठमाडौँ हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए।

शुक्रबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख (डिइ) गोपालप्रसाद खकुरेलले बताए।

अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झण्डै पचास मिटर क्षेत्रफलभन्दा बढी सडक खण्डमा माटो र ठूला ढुङ्गा खसेका कारण हटाउन कठिन भइरहेको उनले बताए।

प्रहरीका अनुसार उदयपुरगढीको मौवासीमा पहिरोका कारण यसपटक यो तेस्रोपटक सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सडक खुलाउन सडक कार्यालयसहितका प्राविधिक, मजदुर र कर्मचारी निरन्तर लागिपरेको प्रमुख खकुरेलले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  २ : ४५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित