जिससलाई साधनस्रोत र कर्मचारी अभाव हुन दिइन्न : मन्त्री देवी « Khabarhub

जिससलाई साधनस्रोत र कर्मचारी अभाव हुन दिइन्न : मन्त्री देवी


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले जिल्ला समन्वय समितिलाई साधनस्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

जिल्ला समन्वय समिति महासङ्घले आज यहाँ आयोजना गरेको ‘जिल्ला समन्वय समिति समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उनले जिससमा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापनका लागि शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘आगामी दिनमा कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या पर्न नदिनेतर्फ मेरो ध्यानाकर्षण भएको छ’, उनले भनिन् । 

मन्त्री देवीले जिससलाई कार्यसम्पादनका आधारमा आवश्यक बजेट, कर्मचारी तथा साधानस्रोतको व्यवस्था मिलाउन महासङ्घसँग समन्वय गरी अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताइन् । उहाँले सङ्घ तथा प्रदेशका विभिन्न योजना कार्यान्वयनमा दोहोरोपनका साथै समस्या आउन नदिने गरी सन्तुलित र न्यायोचित विकासमा जिससको भूमिका बढाउन सकिएमा आर्थिक समृद्धिमा अनुकूल वातावरण बन्ने विश्वास व्यक्त गरिन् । 

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले जिससलाई साधनस्रोतयुक्त बनाइनुपर्नेमा जोड दिँदै अनुगमन र समन्वयलाई प्रभावकारी बनाउन सुझाव दिइन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले स्थानीय तहबीचको समन्वयका लागि जिससको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै जिम्मेवारीलाई ठीक ढङ्गले निर्वाह गर्नका लागि आग्रह गरे । ‘संविधानले जुन भावका साथ जिससलाई समन्वयको जिम्मेवारी दिएको छ, यसलाई कानुनले पनि जिम्मेवारी दिने गरी काम गर्नुपर्छ’, उनले भने, ‘सङ्घ र प्रदेश सरकारले पनि यथेष्ठ साधनस्रोत उपलब्ध गराएर जिससलाई बढीभन्दा बढी कामकाजी बनाउनुपर्छ ।’

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जिल्ला समन्वय समितिलाई सफल र प्रभावकारी बनाउन प्रमुख दलले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। ‘आवश्यक कानुन निर्माण गरेर जिससलाई देखिने गरी भूमिकामा रहन पाउने गरी अगाडि बढाउन हामी तयार छौँ, सरकारले प्रस्ताव ल्याउनुपर्छ’, उनले भने, ‘संविधानमा व्यवस्था गरिएको यस  संरचनालाई सरकारले नचिन्न पाउँदैन ।’

प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानको पूर्ण पालना गरेर जानुपर्नेमा जोड दिँदै जिससको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने बताए । 

महासङ्घका निवर्तमान अध्यक्ष नवराज गोलालले जिल्ला समन्वय समितिलाई संविधानमा भएको व्यवस्थाअनुसारको काम गर्नका लागि जनशक्ति र स्रोत दिनुपर्ने बताए। जिल्ला विकास समिति महासङ्घका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाले सरकारले जिल्ला समन्वय समितिको भूमिकालाई खुम्च्याउन नहुने बताए। 

सम्मेलनमा जिससका प्रमुख तथा उपप्रमुखले संविधानले चिनेको जिससलाई सरकारी संयन्त्रका रुपमा बुझिदिन र कर्मचारीको अभावको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । उनीहरूमै तत्कालीन जिल्ला विकास समितिको मौज्दात कोषमा रहेको रकम खर्च गर्न नसक्ने अवस्था रहेको हुँदा जिल्लासभाबाट कार्यक्रम बनाएर खर्च गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।

जिससको भवनबाट उठेको भाडा संघीय सरकारको खातामा जम्मा भए पनि आवश्यक मर्मतसम्भार गर्न बजेट अभाव हुँदा उत्पन्न भएका समस्या सुनाउँदै भाडाबापत उठेको रकम आफैँले खर्च गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ४ : ५८ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत