दिवंगत अभिनेता सारुक ताम्राकारका पिता एवम् अभिनेता तथा जादुगर सानुको निधन « Khabarhub

दिवंगत अभिनेता सारुक ताम्राकारका पिता एवम् अभिनेता तथा जादुगर सानुको निधन


९ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिवंगत अभिनेता सारुक ताम्राकारका पिता एवम् अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको रंगपत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ वर्षिया ताम्राकार मृगौलाको समस्याबाट पीडित थिए ।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए ।

उनको निधनसँगै पुत्र वियोगमा रहेको ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकार पनि मृत भेटिएका थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ५ : १० बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित