म्याद सकिएका सामान बिक्री गर्ने व्यापारीलाई एक लाख रुपैयाँ जरिवाना « Khabarhub

म्याद सकिएका सामान बिक्री गर्ने व्यापारीलाई एक लाख रुपैयाँ जरिवाना


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा हिजो पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो । 

म्याद सकिएका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन समितिले मीनबहादुर शेरचन स्टोर्सलाई सो रकम जरिवाना गराएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले जानकारी दिए ।

उनका अनुसार सो स्टोर्सबाट पाँच लिटरका १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब २८ हजार नौ सय ६० बराबरको म्याद सकिएका सामान नष्ट गरिएको छ ।

यसैगरी दालको लेबल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ ढकालले बताए ।

त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याद सकिएको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी सो स्टोर्सका सञ्चालकलाई १० हजार जरिवाना गरिएको छ । 

त्यसैगरी सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद सकिएको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । सो पसललाई पाँच हजार जरिवानासमेत तोकिएको छ । 

यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

समितिले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ५५ बजे

एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार

नयाँ दिल्ली- अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको ‘एपस्टीन फाइल’

लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं– देशका विभिन्न भागबाट लागूपदार्थसमेत १६ जना पक्राउ परेका छन्।

कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति