आजको तरकारी तथा फलफूलको मूल्यसूची  « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची 


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो लोकल ४५, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौँला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर ९०, मूला सेतो ७०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली १८०, कागती २०० रुपैयाँ, भिण्डी ४५, निगुरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३०० रुपैयाँ, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, केरा दर्जनको १५०, अनार ३८०, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४००, किवी ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

उता, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०, परबर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ६८, लसुन हरियो २२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा १५०, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ७०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ८०, निबुवा ६०, बरेला १००, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १० : २२ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र