साझा सुझाव समावेश गरी संघीय निजामती ऐन ल्याउन माग  | Khabarhub Khabarhub

साझा सुझाव समावेश गरी संघीय निजामती ऐन ल्याउन माग 


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रियस्तरका ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी संघीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको छ ।

सो संगठनको यही असोज ५ र ६ गते भक्तपुरको खरिपाटीमा सम्पन्न केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उक्त विधेयक तर्जुमाका क्रममा आफूहरुसँग परामर्श कम र कर्मचारी वर्गलाई हतोत्साही तुल्याउने काम भएको आरोप लगाइएको छ । 

संगठन ले स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गर्न, सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती सेवाको परिभाषामा समेट्न, ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ को अवधारणा कार्यान्वयन गर्न, अन्तर तह र अन्तर प्रदेशसहित वैज्ञानिक सरुवाको व्यवस्था गर्न, उमेर हद ६० वर्ष कायम गर्न तथा सर्वोच्च अदालतलको २०७८ साल माघ १२ को निर्देशनात्मक आदेशका विषय राख्न माग गरेको छ । 

सो संगठनका अध्यक्ष लेखनाथ कोइरालाले कर्मचारीको हित र साझा सुझावअनुसार विधेयक नआएमा आफूहरुले शिक्षक–कर्मचारीको भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी दिए। उनले राजनीतिक क्षेत्रको ढिलाइ र केही उच्च तहका कर्मचारीको स्वार्थका कारण सो विधेयक संसद्मा लैजान विलम्ब भएको टिप्पणी गरे ।

संगठनका महासचिव जीवन काफ्लेले आफूहरूको मातहत रहेका ६९ जिल्लामा रहेका राष्ट्रसेवक कर्मचारीहरुको सहकारी लिमिटेडको यही असोज ८ गते खरिपाटीमा सम्पन्न राष्ट्रिय कार्यशालाबाट ती सहकारीलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने संकल्प गरिएको जानकारी दिए । 

ती सहकारीमा हाल २० हजार नौ सय ८० शेयर सदस्य र रु दुई अर्ब १८ करोड ७२ लाख ४५ हजार तीन सय ५७ सम्पति–दायित्व रहेको छ । ती सहकारीहरुको पाँचौँ राष्ट्रिय भेला आगामी मङ्सिर १५ र १६ गते हुने तय गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १२ : २६ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन