स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत : मन्त्री भण्डारी | Khabarhub Khabarhub

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत : मन्त्री भण्डारी


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको बताएका छन् ।

आज काठमाडौँमा भएको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए ।

मन्त्री भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने बताए।

सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पुर्‍याउन बहुआयामिक विषय जोडिने भएकाले  ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा जोड दिँदै उनले यो सम्मेलनले एउटा दिशानिर्देश गर्ने बताए । मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामूलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उल्लेख गरे। 

उनले चुरे भावर क्षेत्रमा पानीको सतह तल गइरहेको सन्दर्भ जोड्दै उक्त समस्या न्यूनीकरणका लागि पनि काम गर्नु जरुरी रहेको छ भने ।  

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  २ : ४३ बजे

मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी 

काठमाडौं– अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको