सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय सम्मेलन राजधानीमा हुने « Khabarhub

सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय सम्मेलन राजधानीमा हुने


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन राजधानीमा आयोजना गर्ने भएको छ ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसर पारेर यही असोज ११ र १२ गते राजधानीमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने महासङ्घका अध्यक्ष उमिद बागचन्दले जानकारी दिएका छन् ।

पहिलो दिन चार विभिन्न विषयमा समूह छलफल गर्ने गरी सम्मेलन गरिने छ । ‘सूचनामा आम नागरिकको पहुँच वृद्धि गर्न नागरिक समाज संस्था र सञ्चार क्षेत्रको भूमिका’, ‘अल्पसङ्ख्यक युवा, महिला र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था र चुनौती’ तथा ‘सार्वजनिक निकायमा सूचनाको स्वत :  प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती’ गरी तीन विषयमा समूह छलफल गरिने उनले बताए।

छलफलमा संविधानविद् एवं सूचनाको हकको कानुनका मस्यौदाकार काशिराज दाहाल, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर रावतलगायतका विज्ञको सहभागिता रहने जनाइएको छ । सम्मेलनको उद्घाटन भने सभामुख देवराज घिमिरेले गर्ने भएमा छन्।

दोस्रो दिन अर्थात् असोज १२ गते महासङ्घले दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने छ । विसं २०७८ फागुन २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको महासङ्घको पहिलो महाधिवेशन गर्न लागिएको हो । नयाँ कार्य समितिको अवधि दुई वर्षसम्म रहने व्यवस्था महासङ्घको विधानमा छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : १५ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास