सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय सम्मेलन राजधानीमा हुने « Khabarhub

सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय सम्मेलन राजधानीमा हुने


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन राजधानीमा आयोजना गर्ने भएको छ ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसर पारेर यही असोज ११ र १२ गते राजधानीमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने महासङ्घका अध्यक्ष उमिद बागचन्दले जानकारी दिएका छन् ।

पहिलो दिन चार विभिन्न विषयमा समूह छलफल गर्ने गरी सम्मेलन गरिने छ । ‘सूचनामा आम नागरिकको पहुँच वृद्धि गर्न नागरिक समाज संस्था र सञ्चार क्षेत्रको भूमिका’, ‘अल्पसङ्ख्यक युवा, महिला र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था र चुनौती’ तथा ‘सार्वजनिक निकायमा सूचनाको स्वत :  प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती’ गरी तीन विषयमा समूह छलफल गरिने उनले बताए।

छलफलमा संविधानविद् एवं सूचनाको हकको कानुनका मस्यौदाकार काशिराज दाहाल, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर रावतलगायतका विज्ञको सहभागिता रहने जनाइएको छ । सम्मेलनको उद्घाटन भने सभामुख देवराज घिमिरेले गर्ने भएमा छन्।

दोस्रो दिन अर्थात् असोज १२ गते महासङ्घले दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने छ । विसं २०७८ फागुन २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको महासङ्घको पहिलो महाधिवेशन गर्न लागिएको हो । नयाँ कार्य समितिको अवधि दुई वर्षसम्म रहने व्यवस्था महासङ्घको विधानमा छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : १५ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले