सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकबारे संसदीय समितिमा छलफल सुरु « Khabarhub

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकबारे संसदीय समितिमा छलफल सुरु


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताएकी छिन् ।

उनले विधेयकमाथि आएका संशोधनमाथि पनि छलफल गरेर जनउत्तरदायी बनाइने प्रतिबद्धता जनाए । ७७ सालमा प्रस्तुत भएको विधेयक, यसबीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर अघि बढाउने उनको भनाइ छ ।

उनले सरकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै जनताप्रति उत्तरदायी रुपमा सञ्चालनको उद्देश्य राखि कानून निर्माण अघि बढाएको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीति हस्तक्षेपबाट मुक्तका साथै सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ०८ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा