विभिन्न समुदायको उन्नयनका लागि सरकार दत्तचित्त छ : कार्यवाहक प्रधानमन्त्री खड्का « Khabarhub

विभिन्न समुदायको उन्नयनका लागि सरकार दत्तचित्त छ : कार्यवाहक प्रधानमन्त्री खड्का


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै खड्काले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागिसरकार दत्तचित्त रहेको बताएका हुन् । उनले लोककल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविष्मरणीय योगदान दिएका विशिष्ट व्यक्तिहरुलाई सरकारले सदैव सम्मान गर्ने बताए ।

देश, जनता र समाजको सर्वाङ्गीण विकासका लागि योगदान पु¥याउने अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्न सरकार सदैव तत्पर रहेको उनले बताए । उनले डा. गौरीशंकर लाल दासलाई सरकार आवश्यक सेवा सुविधा दिने गरी सरकारले छिट्टै आवश्यक निर्णय गर्ने जानकारी दिए ।

नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएको जनाउँदै डा. गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको संगालो पुस्तक पनि विमोचन गरिएको थियो । वरिष्ठ छातीरोग विशेषज्ञ डा. दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ५५ बजे

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका,

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ– सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ