अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ | Khabarhub Khabarhub

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फ्लाइङ ट्याप एजुकेशन एण्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक अर्धाखाँचीको भुमिकास्थान घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४५ वर्षीय विष्णु केसी रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु, १६ लाख रुपैयाँ लाग्छ, त्यहाँ मासिक २ लाखभन्दा धेरै कमाइ हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी १७ लाख ७९ हजार रुपैयाँभन्दा धेरै रकम ठगी गरेका थिए ।

भिसासमेत मिलाइदिएको भएपनि पीडित विदेश जान विमानस्थल जाँदा अध्यागमन कार्यालयले भिसा नक्कली भनेर फर्काएपछि घटना सार्वजनिक भएको हो ।

पछि केसी सम्पर्कविहीन भएकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा उक्त कन्सल्टेन्सीले ठगी गर्ने उद्देश्यले नै रकम लिएको देखिएपछि केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : १९ बजे

Nepatop

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

म्याग्दी– पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको

आजबाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना

सिरहाको तरेगणामा पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा– आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान

सन् २०३० सम्ममा संसारकै अग्रपंक्तिमा डिप्रेसन रहने अनुमान

काठमाडौँ– डिप्रेसन भनेको एक प्रकारको प्रमुख मानसिक रोग हो ।

भरतपुर भ्रमण वर्ष : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

चितवन– भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति