सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ « Khabarhub

सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानका सुन पसलमा गएर सुन किन्ने बहानामा चोरी गर्ने ४ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुले स्कुटरको प्रयोग गरी सुन चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका घर भई हाल ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, सोही नगरपालिकाका २२ वर्षीय सुमन पतुवार, नुवाकोटको बेलकोटगढी घर भई हाल काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र विक र भारतको महाराष्ट्रको सोलापुर घर भइ हाल काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।

उनीहरुले प्रयोग गरेको स्कुटर, लत्ताकपडा पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ०५ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री

पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने 

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान