मुकेश अम्बानीको कम्पनी रिलायन्सले अमेरिकी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्ने « Khabarhub

मुकेश अम्बानीको कम्पनी रिलायन्सले अमेरिकी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्ने


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्न लागेको छ ।

रिलायन्सले नगद र शेयर दिएर करिब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर  किन्न लागेको स्रोतले जनाएको छ । केही स्रोतले भने डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ । 

यो खरिद सम्झौताको घोषणा छिटोमा आगामी महीना हुन सक्ने बताइएको छ । यो सम्झौतामा डिज्नीलाई पनि भारतीय कम्पनीमा अल्पसंख्यक हिस्सा मिल्नेछ ।

सम्झौताको आकारबारे अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । डिज्नीले आफ्नो सम्पत्तिको मूल्यांकन गर्न केही बढी समय लिन सक्ने बताइएको छ । 

भारतमा डिज्नी स्टारको सब्सक्राइबर संख्या घटिरहेको छ । कम्पनीले भारतमा व्यवसायको अन्य विकल्प पनि हेरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ८ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना