सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण « Khabarhub

सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ । नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर उच्च जोखिममा परेका थिए । 

करिब दुई सय मिटर दूरीमा तटबन्धन निर्माण गरी बस्ती जोगाउने प्रयास गरिएको हो । पटकपटक गरी उक्त स्थानमा रु दुई करोडभन्दा बढी लगानी भइसकेको नगरप्रमुख दधिराज सुवेदीले बताए । 

‘दीर्घकालीन व्यवस्थापनका लागि लागत अनुमान तयार गरिएको छ’, उनले भने, ‘रू १७ करोडको लागतमा सेती नदी किनारमा ‘रिटेनिङ वाल’ निर्माणका लागि डिपिआर तयार भएको छ ।’ करिब ५० देखि ६० मिटर उचाइमा रिटेनिङ वाल निर्माण गरी जोखिममा रहेका बस्तीलाई संरक्षण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए। उक्त स्थानमा रिटेनिङ वाल निर्माण गरी माटोले पुरेर बिहान र बेलुका मानिस हिँड्ने पैदलस्थलका रुपमा निर्माण गर्ने योजना बनाइएको छ । 

 सोह्र करोडका पाँच योजना  

भीमाद नगरपालिकामा यस चालु आर्थिक वर्षमा रु १६ करोडका पाँच वटा योजनाको निर्माण अघि बढाइएको छ । सहरी विकास मन्त्रालयले विनियोजन गरेको रु २५ करोड बजेटमा रु १५ करोड ९७ लाखमा ठेक्का सम्झौतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो । 

ठेक्का सम्झौताअनुरुप जलौदीदेखि मालेबगर जोड्ने करिब दुई दशमलव दुई किमी कालोपत्रका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । भीमगोफा मोटरमार्गको दुई दशमलव सात किमी दूरीमा स्तरोन्नतिका लागि रु तीन करोड विनियोजन भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए।  

त्यसैगरी किहुँ मार्गमा एक दहमलव २० किमी ढलान गर्न रु दुई करोड ४४ लाख, शवदाहस्थल निर्माण र प्रवेशद्वार निर्माणार्थ रु दुई करोड विनियोजन भएको छ । भीमाद-६ सेतीनदी किनारमा निर्माण गरिने शवदाहस्थल डेढ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको नगरप्रमुख सुवेदीले बताए।  

त्यसैगरी सिद्धगुफामा पर्यटन प्रवर्द्धनका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो । 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ६ : ३० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले