विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ९ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

हामीले स्थल हमलाको तयारी गरिरहेका छौँ : इजराइली प्रधानमन्त्री
‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताएको टाइम्स अफ इजराइलले बताएको छ ।

उनका अनुसार इजराइल स्थल कारवाहीका लागि तयार भइरहेको छ । यद्यपि कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे उनले केही बताएनन्। ‘हामी स्थल आक्रमणको तयारी गरिरहेका छौँ, कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती विचारहरूो सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिन जसमा अधिकांशका बारेमा जनतालाई जानकारी छैन, साथै यस्तै नै मानिन्छ, यही तरिका हो जसबाट हामी आफ्ना सैनिकहरूको ज्यानको रक्षा गर्न सक्छौँ’, उनले भने ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भने, ‘इजराइल हाम्रो अस्तित्वको लडाइँको बीचमा छ, युद्धका दुई उद्देश्य हुन्छन्– हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु र उसलाई समाप्त पार्नु, साथै हाम्रा बन्धकहरूलाई फिर्ता गर्नका लागि हरसम्भव प्रयास गर्नु ।’

प्रधानमन्त्री नेतान्याहुलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले भनेको छ, ‘हमासका सबै सदस्य मृत व्यक्ति हुन् । उनीहरू जमिनमाथि र तल, गाजाभित्र र बाहिर घुमिरहेका छन् । रक्षामन्त्री योआभ ग्यालेन्ट, मन्त्री बेनी गेन्ट्ज, सुरक्षा क्याबिनेट, मुख्यसचिव र सुरक्षा सङ्गठनका प्रमुखहरूसँग हामी विजय प्राप्त नभएसम्म युद्धका लक्षहरूलाई प्राप्त गर्नका लागि चौबिसै घन्टा काम गरिरहेका छौँ र राजनीतिक विचारलाई पनि यस्तै बनाइरहेका छौँ ।’

मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै लक्ष्य भएको उल्लेख गर्दै उनले इजराइली कारवाहीमा हजारौँ आतंककारी मारिएको र यो सुरुआत मात्र भएको बताए। स्थल आक्रमणको समयका बारेमा सर्वसम्मतिले निर्णय लिइएको उहाँको भनाइ थियो । ‘अपरेसनको समय युद्ध मन्त्रिपरिषद् र मुख्यसचिवमार्फत सर्वसम्मतिले निर्धारण गरिएको थियो’, उनले भने, ‘हामी ती हत्यारा, अत्याचारी र हमासबाट पूरा मूल्य चुकाउने छौँ ।’

उनले गाजाका गैरलडाकूहरूलाई फेरि पनि दक्षिणी गाजातिर जान आग्रह गरे ।

गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजरायली हवाई हमलाहरू बढिरहेका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसंग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ ।

‘गाजा कतै पनि सुरक्षित छैन’, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक लिन हेडसनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरायली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन् । इजरायली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए ।

इजरायल र प्यालेस्टाइनको बीचमा बढ्दो संकटलाई लिएर मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै सुंयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताए।

उनले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भने ।

मंगलबार गुटर्रेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने, ‘महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारणनै बढी थिए ।’ उनले महासचिवको राजीनामासमेत माग गरेका थिए। यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए ।

यस्तै इजराइलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाए। साथै उनले मंगलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरे । बैठकपछि मङ्गलबारनै महासचिव गुटेर्रेसले हमासले बन्धक बनाएका केही परिवारलाई भेटे र गाजाभित्र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गरेका थिए ।

बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उनले भने, ‘मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु ।’ आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताए।

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण
चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो ।

बिहीबार बिहान विदाइ समारोमा अन्तरिक्षा यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई बिदाइ गरेका थिए । ‘अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको उक्त रेकट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो’, चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ ।

उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा यिनीहरू सबैभन्दा कान्छो हुन् ।

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार
बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् ।

समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिएका छन् ।

‘मेरो बुझाइमा तिनीहरूसँग अस्थायी पहिचान छ।।।बलिङ एल्लीमा गोली चलाउनेको, २२ जना मारिएको पुष्टि भएको छ र धेरै नै घाइते भएका छन्’, म्याक्कार्थीले भने । उनका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज भइरहेका बेला राष्ट्रपति जो बाइडेनले फोन गरेर माइनका गभर्नर, दुई सिनेटर र एक स्थानीय काङ्ग्रेसका सदस्यलाई फोन गरेर संघीय सहयोग प्रस्ताव गर्न आग्रह गर्नुभएको ह्वाइट हाउसले बताएको छ ।

स्थानीय प्रहरीले बलिङ एल्लीभित्र अर्ध–स्वचालित हतियार लैजाँदै गरेका एक बन्दुकधारीको फोटो फेसबुकमा पोस्ट गरेको छ । पछि प्रहरीले ४० वर्षीय रोबर्ट कार्डका लागि एउटा बुलेटिन जारी गर्दै सामूहिक गोलीबारीका संदिग्धलाई ‘सशस्त्र र खतरनाक मान्नु पर्छ’ भनेको छ । ‘यदि तपाईँ उसको ठेगानाबारे जान्नुहुन्छ भने कृपया कानून प्रशासनसँग सम्पर्क हुनुहोस् ।’

प्रहरीले एउटा सेतो एसयुभीको तस्बिर पनि जारी गरेको छ । प्रहरीले गाडीको अगाडिको बम्बर कालो रङको हुनसक्ने भन्दै गाडीको पहिचानका लागि सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ ।

‘कानून प्रशासनले दुई सक्रिय बन्दुकधारी घटनाको अनुसन्धान गरिरहेको छ’, एन्ड्रोस्कोगिन काउन्टी शेरिफ विभागले फेसबुकमा लेखेको छ, ‘अनुसन्धान गर्ने क्रममा हामी सबै व्यवसायलाई बन्द गर्न वा बन्द गर्न प्रोत्साहित गरिरहेका छौँ, संदिग्ध अझै फरार छ ।’

माइनका गभर्नर जेनेट मिल्सले लेविस्टनमा सक्रिय बन्दुकधारीको स्थितिबारे आफू अवगत भएको र यसको जानकारी आफूलाई दिइएको बताए । कानून प्रशासनलाई उद्धृत गर्दै सीएनएनले घटनामा कम्तीमा ५० देखि ६० मानिस घाइते भएको तर गोलीबारीबाट कति मानिस घाइते भएका हुन् भन्नेबारे स्पष्ट नभएको बताएको छ ।

लेविस्टन माइनको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो । यो माइनको सबैभन्दा ठूलो सहर पोर्टल्यान्डबाट करिब ५० किलोमिटर उत्तरमा पर्छ ।

मङ्गोलियाको एक घरमा आगलागी हुँदा सात जनाको मृत्यु
मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको आपतकालीन व्यवस्थापन एजेन्सीले बताएको छ ।

स्थानीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपतकालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ ।

चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन ।

युद्धमा मृत्यु हुनेको सङ्ख्या सात हजारभन्दा बढी पुगेको दाबी
अक्टोबर ७ मा इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक लडाकु समूह ९हमास० ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् ।

अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासि आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दावी इजरायली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ७ : ५८ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन