दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा माओवादी घटक दलहरूबीचको एकता आवश्यक : प्रधानमन्त्री, ‘देश बनाउन सबैको संकल्प आवश्यक’, इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो, गण्डकीको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ, लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती, मनकामना केबलकार सञ्चालनमा, बेपत्ता युवकको शव फेला पर्‍योलगायतका समाचारले प्रमुख स्थान पाए ।

माओवादी घटक दलहरूबीचको एकता आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् ।

वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए ।

देश बनाउन सबैको संकल्प आवश्यक : उपसभामुख रानामगर
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्। दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् ।

भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ : डा कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन् ।

विराटनगरको सोभित भवनमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए।

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज नेपाल ल्याइएको छ ।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए ।

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी
भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।

गण्डकीको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ
गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो ।

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम निरन्तर
आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ ।

घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ ।

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ(घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन् ।

मनकामना केबलकार सञ्चालनमा
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँको अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

बेपत्ता युवकको शव फेला पर्‍यो
दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रूपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ८ : ५७ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।