जनकपुर–अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छ : नेता निधि « Khabarhub

जनकपुर–अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छ : नेता निधि


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका छन् । आज साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता निधिले विभिन्न चरणमा भएको छलफलपछि हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्र तयार रहेको भन्दै भारतीय पक्षसँग कुरा गरेर बाँकी प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गरे ।

“विगत दुई तीन वर्षदेखि माता जानकीको जन्मस्थल जनकपुर र श्रीराम जन्मस्थल भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सकिने सम्भावनाबारे विभिन्न चरणमा कुराकानी भइरहेको थियो । मैले जानकारी पाएअनुसार निजी क्षेत्रको बुद्ध एअर सातामा तीन दिन हवाई उडान भर्न तयार रहेको छ”, प्रतिनिधिसभा सदस्यसमेत रहेका निधिले भने, “अब वायु सेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहलकदमी लिएर उडान अनुमति, पूर्वाधार निर्माण र भारत सरकारसँग आवश्यक सम्झौता गर्न जरुरी छ । यसका लागि म सम्बद्ध पक्षसँग विशेष अनुरोध गर्न चाहन्छु ।”

अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरको सन् २०२४ जनवरीमा भारतीय प्रधानमन्त्रीले प्राण प्रतिष्ठा समुद्घाटन गर्ने कार्यक्रम रहेको र  तत्पश्चात् त्यहाँ बढ्ने धार्मिक पर्यटकीय गतिविधिबाट लाभ लिन हवाई सेवा जरुरी रहेको भन्दै नेता निधिले त्यसभन्दा अघि नै नेपाल सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याए ।

यस कार्यले जनकपुरमात्र नभई सिङ्गो नेपालले नै आर्थिक लाभ लिनसक्ने र जसले देशको समृद्धि र गरिबी निवारणको यात्रामा कोसेढुङ्गाको काम गर्ने नेता निधिको भनाइ थियो । त्यसैगरी, उनले सीता जन्मभूमि जनकपुरधाम र सती माताको भूमि कैलास मानसरोवरलाई जोड्न नयाँ सम्भावनाको खोजी र त्यसको प्रचारप्रसार पनि जरुरी रहेको धारणा राखे । उनले नेपालकै भूमिबाट कैलास मानसरोवर पुग्नसक्ने बाटो निर्माणका लागि पनि सरकारसँग माग गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : ०६ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई