इजरायल-हमास वार्ता, बन्दी रिहा र परिवारको खुशी | Khabarhub Khabarhub

इजरायल-हमास वार्ता, बन्दी रिहा र परिवारको खुशी


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

७ अक्टोबरका दिन हमासले गाजामा आक्रमण गरेपछि बन्दी बनाइएका मध्ये शनिबारसम्म २४ जना रिहा भएका छन्। रिहा भएकामध्ये १३ जना महिला तथा बालबालिका छन्। इजरायल र हमास बिचको वार्तापछि उनीहरू रिहा भएका हुन्। यी सबै इजरायल र हमास बिचको वार्तापछि रिहा भएका हुन्।

यसैगरी हमास र इजिप्ट सरकारका बिच भएको भिन्न वार्तापछि १० थाई तथा एक फिलिपिनो बन्दी रिहा भएका छन्। हमास र इजरायल बिच चार दिनको अस्थायी युद्ध विराममा हमासले ५० बन्दी रिहा गर्ने सहमति भएको हो। यसैगरी इजरायलबाट १ सय ५० जना प्यालेस्टाइनीलाई रिहा गरिने छ। यसका साथै मानवीय सहयोग र अन्य अति आवश्यक वस्तु पनि निर्बाध उपयोग गरिने छ।

हमास र इजिप्ट सरकारका बिच भएको भिन्न वार्तापछि १० थाई तथा एक फिलिपिनो बन्दी रिहा भएका छन्। हमास र इजरायल बिच चार दिनको अस्थायी युद्ध विराममा हमासले ५० बन्दी रिहा गर्ने सहमति भएको हो।

यसरी रिहा हुनेमध्ये ७८ वर्षीयाा क्यान्सर सर्भाइभर मार्गलेट मोजेज छिन्। उनी अन्य रोगबाट समेत पीडित भएका कारण नियमित स्वास्थ्य निगरानीमा रहनु जरुरी छ। उनी किबुज स्थित आफ्नै घरबाट बन्दी बनाइएकी हुन्।

रिहा हुने अर्की ७२ बर्सिया अडिना मासेसलाई पनि किबुजस्थित आफ्नै घरबाट अपहरण गरिएको हो। उनका श्रीमानलाई मारिइसकेको सूचना दिइएको थियो। एक भिडियो क्लिपमा हमासका दुई जनासँगै देखेपछि उनको पहिचान भएको थियो।

४४ वर्षीया डानीयल अलोनी ७ अक्टोबरका दिन ६ वर्षकी छोरी एमलीयाबाट निरउजबाटै बन्दी बनाइएका थिए। डानीयलकी बहिनी ३४ वर्षीया सारोन अलोनी कुनियो उनका श्रीमान् ३३ वर्षीय डेभिड कुनियो तथा ३ वर्षीया जुम्ल्याहा छोरी एमा र युली पनि बन्दी बनाइएका थिए। डानियलसहित ती सबै रिहा भइसकेका छन्।

गाजाको सीमामा आफन्तसँग बसी रहेका ३४ वर्षीया डारोन काट्ज असर र उनका दुई छोरी चार वर्षीया राज र दुई वर्षीया अभिभ पनि बन्दी बनाइएका थिए। उनका श्रीमान् योनीकले श्रीमती र छोरीको भिडियो देखेका थिए। साथै उनले फोन पनि ट्र्याक गरेका थिए। उनी आफ्ना परिवार रिहा भए पनि अन्य सबै बन्दी रिहा नभएसम्म खुसीयाली नमनाउने सोचमा छन्। उनले अपहरणमा परेका अन्य सबै रिहा नभएसम्म कुनै पनि कसर बाँकी नराख्ने जनाएका छन्। उनले सबै बन्दी बनाइएकाहरू आफ्नो परिवार सरह भएको बताएका छन्।

रिहा हुनेमध्ये ७८ वर्षीयाा क्यान्सर सर्भाइभर मार्गलेट मोजेज छिन्। उनी अन्य रोगबाट समेत पीडित भएका कारण नियमित स्वास्थ्य निगरानीमा रहनु जरुरी छ। उनी किबुज स्थित आफ्नै घरबाट बन्दी बनाइएकी हुन्।

९ वर्षीया ओहाद मुदर जीच्री उनकी आमा ५४ वर्षीय कारने मुदर र हजुरआमा ७८ वर्षीया रुदी मुदर नुर उजबाट बन्दी बनाइएका हुन्। गाँजामा उनको फोन ट्र्याक भएको थियो। रुदीका श्रीमान् अब्राह मुदर अझै बन्दी छन्। यसै परिवारका इटा रबीले यसरी रिहाइ हुनु खुसीको कुरा भए पनि पूर्ण खुसीका लागि सबै बन्दी रिहा हुन आवश्यक भएको प्रतिक्रिया दिएका छन्।

छोरी आयलेत स्टाभ्जेस्कीले बताए अनुसार उनकी आमा ७९ वर्षीया चानन पेरी र ५१ वर्षीय दाजु नादभ पापलवेललाई बन्दी मात्र बनाइएन। फोन गर्न लगाएर उनका परिवारलाई समेत मानसिक रूपमा आतङ्कित बनाइएको थियो। सन् १९६० को दशकमा दक्षिण अफ्रिकाबाट त्यहाँ गएका चाननको दुई सन्तान छन्। उनीहरू अहिले रिहा भइसकेका छन्।

४७ वर्षीय छोरा एलात कात्जीरसँग निर उजबाट बन्दी बनाइएकी हन्ना कातजीरको भिडियो ९ नोभेम्बरको दिन इस्लामिक जिहदबाट प्रसारण भएको थियो।
निर उजबाट ८५ वर्षीया याफा अदार गिरफ्तार भएका थिइन्। उनकी नातिनीले चार जना बन्दुकधारीले उनलाई गाजातर्फ लगेको भिडियो देखेकी थिइन्।

रुदीका श्रीमान् अब्राह मुदर अझै बन्दी छन्। यसै परिवारका इटा रबीले यसरी रिहाइ हुनु खुसीको कुरा भए पनि पूर्ण खुसीका लागि सबै बन्दी रिहा हुन आवश्यक भएको प्रतिक्रिया दिएका छन्।

परिवारलाई जनाइए अनुसार उनका तीन बच्चा ८ नाति नातिनी तथा ७ पनाति पनातिनी छन्। इजरायलले दिएको जानकारी अनुसार उनका ३८ वर्षीय नाति तामिर किबुजको इमर्जेन्सी विभागमा कार्यरत छन्। उनलाई पनि गाँजामा लगिएको छ। यसरी वार्ता चली रहेकै समयमा चार जना बन्दी रिहा भएका थिए। अन्य धेरै बन्दी इजरायलले पनि रिहा गरेको छ।

२० अक्टोबरको दिन नै वार्ता चलिरहेको समयमा दुई अमेरिकी जुदी रानन र उनकी छोरी नाताली रानन रिहा भएका थिए। यसैगरी दुई वृद्धा रुरित कुपर र यसोभेद रिहा भएका छन्। इजरायली सैनिक ओरी मेगीदिस पनि २९ अक्टोबरका दिन रिहा भएका छन्।

इजरायलमा काम गरिरहेका ३३ वर्षीय फिलिपिनो नागरिक जेलीनर जिम्मी लिनो पास्चेओ पनि रिहा भएका छन्। उनी हमास र इजिप्ट बिचको वार्ताका कारण रिहा भएका हुन्।

अहिले खुसीको कारण बन्दी रिहाइको कारण मात्र भने पक्कै होइन। धेरै इन्धनहरू संयुक्त राष्ट्र सङ्घको निगरानीमा इजिप्टबाट प्यालेस्टाइन तर्फ जाँदै छन्। प्यालेस्टाइनमा घाइते भएका धेरैलाई सहयोग गर्न पनि इजिप्ट तयार भएको छ।

३९ वर्षीय बोन्थान पोङहङ र उनकी गर्लफ्रेन्ड नाथावारे मुलकान दुवै थाई हुन्। उनीहरू शुक्रवार रिहा भए। बोन्थाङकी बहिनी उराइ चान्तारातले आफ्नो दाजुको रिहाइले खुसी तुल्याएको बताउँदै उनी जीवितै रहेकोमा सधैँ विश्वस्त रहेको बताएकी छिन्। पाँच वर्षदेखि थाइल्यान्डमा काम गरिरहेका उनकै कारण घर चली रहेको थियो।

यसअघि अर्का थाई विचाइ कालापट मरेको हल्ला चले पनि गर्लफ्रेन्डले गत साता जीवितै रहेको समाचार पाएकी छिन्।

यत्ति मात्र होइन इजरायलले वेस्टबैंकबाट बन्दी बनाएका ३९ जनाको रिहाइको दृश्यले धेरैको पारिवारिक वातावरण नै रोमाञ्चित बनाएको छ।
तथापि समस्याको पूर्ण समाधान भने भएको छैन। ७ अक्टोबरका दिन देखि तीन हजार जना वेस्टबैंकबाट समातिएका छन्। यसरी गिरफ्तार हुनेमध्ये ९ सय जना भन्दा बढी बालबालिका छन्।

२० अक्टोबरको दिन नै वार्ता चलिरहेको समयमा दुई अमेरिकी जुदी रानन र उनकी छोरी नाताली रानन रिहा भएका थिए। यसैगरी दुई वृद्धा रुरित कुपर र यसोभेद रिहा भएका छन्। इजरायली सैनिक ओरी मेगीदिस पनि २९ अक्टोबरका दिन रिहा भएका छन्।

यो ३९ जनाको सङ्ख्या एकदमै कम भए पनि त्यहाँको शान्तिको वातावरण छाउन सक्ने तथा आफूहरूको खुसीको दिन फर्कने झिनो आशा त्यहाँ पलाएको छ। अहिले हमास र इजरायलबिचको वार्तामा बन्दीकै मुद्दा मुख्य रूपमा उठेको छ। अहिले रिहा भएकाहरू वेस्टबैंकको बेएतुनीया चेक प्वाइन्टमा भेला भएका छन्।

हमासको आगामी रणनीति अझै अस्पष्ट छ। मानव अधिकारवादी सङ्गठनहरू यस सवालमा एक मत छन् कि हमाल र इजरायल दुवै पक्ष त्यत्तिकै बन्दी छाड्न तयार नभएको जिकिर गर्छन्।

अहिले खुसीको कारण बन्दी रिहाइको कारण मात्र भने पक्कै होइन। धेरै इन्धनहरू संयुक्त राष्ट्र सङ्घको निगरानीमा इजिप्टबाट प्यालेस्टाइन तर्फ जाँदै छन्। प्यालेस्टाइनमा घाइते भएका धेरैलाई सहयोग गर्न पनि इजिप्ट तयार भएको छ। धेरै घाइते सीमा पार गर्दै इजिप्टतर्फ लागेका छन्।

७ अक्टोबरको दिनबाट सुरु भएको गाजाको तनावले कुन बाटो लिने हो, त्यसको अनुमान गर्न सायद पहिलो युद्ध विरामको समय सकिएपछि नै सहज हुनेछ। स्रोतः बीबीसी, सीएनएन

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ०४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार