लिम्बुवानदेखि कैलालीसम्म जसपाको गतिविधि « Khabarhub

लिम्बुवानदेखि कैलालीसम्म जसपाको गतिविधि


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाले संगठन पुनर्निर्माण तीव्र बनाएको नेताहरुले जनाएका छन् । यसै सन्दर्भमा जसपाले कोशी र गण्डकीमा प्रदेश कमिटीहरु बनाएको छ ।

शनिबार पोखरामा आयोजित कार्यक्रमबाट जसपाको गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । गोपाल गुरुङको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो । पुनर्गठित समितिमा उपाध्यक्ष मधुकर न्यौपाने, मिमा गुरुङ मुख्यसचिव हेमन्त थापा मगर सचिव तिलकबहादुर गुरुङ, राम तामाङ, चन्द्र तामाङ मुस्कान र कोषाध्यक्षमा दिलिप गुरुङलाई चयन गरिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिवलाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्गठन कार्यक्रममा प्रदेश समितिका सह इन्चार्जलगायतका नेताको उपस्थिति थियो ।

त्यसैगरी, जसपा सम्बद्ध समाजवादी साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति पनि गठन भएको छ । मीना नेपालीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा शर्मिला मगराती र सचिवमा सलिना नेपाली चयन भएका छन् ।

त्यस्तै, भेलाबाट समाजवादी खस आर्य संघ गण्डकी प्रदेश समिति गठन गरी गणेशबहादुर अधिकारीलाई संयोजक तोकिएको छ ।

लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन

यसैबीच, जसपाको लिम्बुवान राष्ट्रिय समिति पनि पुनर्गठन भएको छ । शनिबार नै पाँचथरको फिदिममा आयोजित कार्यक्रमबाट जेन्टल लावती डम्बरको अध्यक्षतामा ३५ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा एविराज आङदेम्बे, सन्जय राई, अग्निमाया मेचे, मुख्यसचिव केदार धिमाल, सचिव हेमराज जिमी, सचिव अजित धिमाल, सचिव सुष्मा राई र कोषाध्यक्ष टुपेन्द्र एक्तेन छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् कोशी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङ, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वा लगायतको उपस्थिति थियो ।

लिम्बुवान समिति पुनर्गठन भएसँगै जसपाका ११ वटै पहिचानका राष्ट्रिय समितिहरुको पुनर्गठन सम्पन्न भएको छ ।

कैलाली जिल्ला समिति पुनर्गठन

जसपाले यसै साता कैलाली जिल्ला समिति पनि पुनर्गठन गरेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार आयोजित कार्यक्रमबाट गयाप्रसाद कुश्मीको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा दानसिंह जोगी, धर्म घर्ती मगर सचिव वन्दना राना उपसचिव पदम परियार, रुपेश कठरिया र कोषाध्यक्ष निलम चौधरी चयन भएका छन् ।

राजनीतिक समिति सदस्य मालामती रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश समितिका सह इन्चार्ज भीमबहादुर थापा, प्रदेश समितिका अध्यक्ष भगतराम चौधरीलगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १ : ४७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको