जनता आवास कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा एक हजार घर निर्माण « Khabarhub

जनता आवास कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा एक हजार घर निर्माण


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ सम्पन्न भएका छन् ।

उपत्यकाका तीनबाहेक प्रदेशका १० जिल्लामा दुई हजार दुई सय २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्र पुनले आर्थिक वर्ष २०७९/८० सम्ममा एक हजार २३ घर निर्माण सम्पन्न भएका जानकारी दिए ।

उनका अनुसार अनुसार सङ्घबाट हस्तान्तरण भएका चार सय ६५ मध्ये दुई सय ३० घर निर्माण सम्पन्न भएका छन् । धादिङमा एक सय ९१, मकवानपुरमा ७५, चितवनमा एक सय १६, रसुवामा ३४, नुवाकोटमा ७३, सिन्धुलीमा चार सय ९२, दोलखामा ३९ र काभ्रेपलाञ्चोकमा तीन घर निर्माण सम्पन्न भएका पुनले जानकारी दिए । रामेछापमा ५० घर बन्नुपर्ने देखिए पनि सम्झौता नभएको भन्दै सिन्धुपाल्चोकमा पनि हालसम्म सम्झैता नभएको उनले बताए ।

घर निर्माणका लागि कार्यालयसँग सम्झौता गरेर पहिलो किस्ताको रू ८४ हजार रकम बुझेर काम नगर्ने सेवाग्राही मकवानपुरमा पाँच र चितवनमा एकजना रहेका मन्त्रालयको सहरी विकास तथा भवन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मकवानपुरका मनहरि, कैलाश र राक्सिराङ गाउँपालिकामा चेपाङ, वनकरिया, बोटे र माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

मकवानपुरमा ७५ घर सम्पन्न

मकवानपुरमा जनता आवास कार्यक्रमअन्तर्गत एक सय ९७ घरको सम्झौता भएकामा ७५ घर निर्माण भएका सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । दुई सय घर बनाउने लक्ष्य राखेर बजेट विनियोजन भए पनि तीन घरको सम्झौता गर्न नआएका कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिए ।

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ बनाएर बागमती प्रदेश सरकारले विपन्न, गरिबको घर बनाउने लक्ष्य राखेको जनाउँदै एक सय ९७ जनाले हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयमा सम्झौता गरेका बताए । उनका अनुसार सम्झौता गरेकामध्ये गत आव २०७९र८० को असार मसान्तसम्म ७५ जनाले मात्रै घर निर्माण सम्पन्न गरेका छन् ।

भवन कार्यालयले मकवानपुर र चितवनमा विपन्न, गरिब र पिछडिएका वर्गका लागि घर बनाइदिने जनता आवास कार्यक्रम र चेपाङ, वनकरिया, बोटे तथा माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ३३ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ