जनता आवास कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा एक हजार घर निर्माण « Khabarhub

जनता आवास कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा एक हजार घर निर्माण


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ सम्पन्न भएका छन् ।

उपत्यकाका तीनबाहेक प्रदेशका १० जिल्लामा दुई हजार दुई सय २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्र पुनले आर्थिक वर्ष २०७९/८० सम्ममा एक हजार २३ घर निर्माण सम्पन्न भएका जानकारी दिए ।

उनका अनुसार अनुसार सङ्घबाट हस्तान्तरण भएका चार सय ६५ मध्ये दुई सय ३० घर निर्माण सम्पन्न भएका छन् । धादिङमा एक सय ९१, मकवानपुरमा ७५, चितवनमा एक सय १६, रसुवामा ३४, नुवाकोटमा ७३, सिन्धुलीमा चार सय ९२, दोलखामा ३९ र काभ्रेपलाञ्चोकमा तीन घर निर्माण सम्पन्न भएका पुनले जानकारी दिए । रामेछापमा ५० घर बन्नुपर्ने देखिए पनि सम्झौता नभएको भन्दै सिन्धुपाल्चोकमा पनि हालसम्म सम्झैता नभएको उनले बताए ।

घर निर्माणका लागि कार्यालयसँग सम्झौता गरेर पहिलो किस्ताको रू ८४ हजार रकम बुझेर काम नगर्ने सेवाग्राही मकवानपुरमा पाँच र चितवनमा एकजना रहेका मन्त्रालयको सहरी विकास तथा भवन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मकवानपुरका मनहरि, कैलाश र राक्सिराङ गाउँपालिकामा चेपाङ, वनकरिया, बोटे र माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

मकवानपुरमा ७५ घर सम्पन्न

मकवानपुरमा जनता आवास कार्यक्रमअन्तर्गत एक सय ९७ घरको सम्झौता भएकामा ७५ घर निर्माण भएका सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । दुई सय घर बनाउने लक्ष्य राखेर बजेट विनियोजन भए पनि तीन घरको सम्झौता गर्न नआएका कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिए ।

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ बनाएर बागमती प्रदेश सरकारले विपन्न, गरिबको घर बनाउने लक्ष्य राखेको जनाउँदै एक सय ९७ जनाले हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयमा सम्झौता गरेका बताए । उनका अनुसार सम्झौता गरेकामध्ये गत आव २०७९र८० को असार मसान्तसम्म ७५ जनाले मात्रै घर निर्माण सम्पन्न गरेका छन् ।

भवन कार्यालयले मकवानपुर र चितवनमा विपन्न, गरिब र पिछडिएका वर्गका लागि घर बनाइदिने जनता आवास कार्यक्रम र चेपाङ, वनकरिया, बोटे तथा माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ३३ बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको