भारतको पहिलो सौर्य अभियान आदित्य एल वान अन्तिम चरणमा « Khabarhub

भारतको पहिलो सौर्य अभियान आदित्य एल वान अन्तिम चरणमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष अभियान आदित्य एल वान अन्तिम चरणमा पुगेको छ । यसलाई एल वान बिन्दुमा लैजाने प्रयास २०२४ को जनवरी ७ सम्म पूरा हुनेछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।’ आदित्य एल वान सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हो ।

अन्तरिक्ष यानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य पृथ्वी प्रणालीको ल्यागरेन्ज पोइन्ट १ (एल वान) मा हलो कक्षमा राखिनेछ। ‘आदित्य– एल वान’ अन्तरिक्ष यान गत २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो । ल्यागरेन्ज–१ पुगेपछि त्यहाँबाट सूर्यका विभिन्न गतिविधि, आन्तरिक तथा वाह्य वातावरण आदि अध्ययन गर्नेछ ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : २२ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार