बेनीबाट बेपत्ता भएकी युवतीको शव भेटियो « Khabarhub

बेनीबाट बेपत्ता भएकी युवतीको शव भेटियो


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको शव पर्वतको मल्लाजस्थित भीरमा भेटिएको छ ।

गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ ।

घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ । बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन् । उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो ।

पुष्पाको मृत्युको विषयलाई शङ्कास्पद रुपमा हेरिएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : २८ बजे

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको