मोहन श्रेष्ठको टिप्पणी- प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बित्यो « Khabarhub

मोहन श्रेष्ठको टिप्पणी- प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बित्यो


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक वर्ष पूरा भएको छ । 

१० पुस २०७९ मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी नेतृत्वको सरकारको एक वर्ष पूरासँगै समीक्षा भइरहेको छ ।  प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राप्रपाले पनि प्रचण्ड सरकारको समीक्षा गरेको छ । राप्रपासहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, पछि कार्यशैलीप्रति चित्त नबुझेपछि राप्रपाले समर्थन फिर्ता लिएको थियो । 

 राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रचण्ड नेतृत्व सरकार एक वर्ष काण्डै काण्डमा बितेको बताएका छन् । प्रचण्ड सरकारसँग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महँगी नियन्त्रण, विकासका प्रयासहरुदेखि कमसेकम गरिखान पाउने वातावरणको निर्माण जनताका न्युनतम अपेक्षा भए पनि एक वर्ष निराशाजनक रहेको बताउँदै उनले सरकार विभिन्न काण्डै काण्डमा परेको बताए । 

‘सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्डजस्ता काण्डहरुमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतीत भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घरेलु शक्तिबीचको एकताबाट निर्माण गरिएको समीकरण भत्काएर विदेशी शक्ति रिझाउने गरी बनाइएको गठबन्धनले कसको स्वार्थ पूरा गर्‍यो वा गर्नेछ त्यो क्रमशः देखिँदै जाला, तर सरकारको एक वर्षे अवधिमा नेपाल र नेपाली जनताले उज्यालो महसुस गर्न भने सकेनन्, पाएनन् ।’ 

प्रचण्ड नेतृत्वको सरकार कम्पास हराएको पानी जहाजजस्तो भएको टिप्पणी गर्दै उनले भने, ‘दिशाविहीन सरकार, कम्पास हराएको पानीजहाज जस्तो ।’

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १ : ३२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड