भरतपुरमा राडारजडित क्यामरा जडान गरिने « Khabarhub

भरतपुरमा राडारजडित क्यामरा जडान गरिने


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो । 

यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा एक सय ३७ क्यामेरा जडान गर्ने योजना छ । स्थान छनोट, उपकरण र प्राविधिक विषयमा प्रहरीले अध्ययन गरिरहेको उनले बताए। 

प्रहरी नायब उपरीक्षक पण्डितले भने ‘क्यामरा जडान गर्न प्राविधिक र सुरक्षाको काम प्रहरीले गर्छ । अन्य काम  महानगरपालिकाले गर्ने छ ।’ पहिलो चरणमा महानगरको मुख्य बजार क्षेत्र र राजमार्गमा क्यामेरा जडान गर्न लागिएको उनले बताए । राजमार्गमा तीव्र गतिका कारण हुने सडक दुर्घटना तथा अन्य आपराधिक घटना बढ्दै गएका र त्यसको छिटो पहिचानका लागि यस प्रकारका क्यामरा सहयोगी हुने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

‘यसबाट ट्राफिक व्यवस्थापनमा सहज हुने छ । ट्राफिक प्रहरीलाई सडकमा उभिनु पर्दैन’, उनले भने । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडामा क्यामेरा जडान गरिने बताएका छन् । ‘यहाँका बासिन्दाको सुरक्षामा चुनौती थपिँदै गएको छ । जनतालाई सुरक्षित महसुस गराउन क्यामेरा जडान गर्न लागिएको हो’, उनले भने । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सबै वडामा क्यामेरा जडानका लागि करिब रु १० करोड खर्च हुने छ । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ०० बजे

राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन आदेश स्वीकृत

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

जर्मन युनियनको आग्रह : स्वदेशी लडाकू जेट विकास गर्नुपर्ने

एजेन्सी– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त युरोपेली युद्धक विमान परियोजनामा

धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक

काठमाडौं – धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक पुगेको

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ– टाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै