परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री | Khabarhub Khabarhub

परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताएका छन् । २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान र गौरव भएको बताए ।

प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधि नेपालका अमूल्य निधि भएको बताएका छन् । उनले भने, ‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहको साझा देश हो । भौगोलिक रूपमा सानो भए पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदा र सामाजिक बनोट विश्वमै नमूना रहिआएको छ ।’

नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अङ्गका रुपमा लिएको प्रधानमन्त्री दाहालले बताए। ‘राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु’, उनले भने ।

सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कार चल्दै आएकाले यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको विचार व्यक्त गरे । ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व भएको उल्लेख गर्दै उनले यसै कुरालाई मनन गरी सरकार संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले काठमाडौँ महानगरपालिकाभित्रका ज्यापुले विभिन्न बाधा अड्चनका बाबजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्नाको प्रयासलाई सरकारले कदर गर्दै आएको बताए । उनले सरकारको सानो सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौँ उपत्यकाभित्रका ज्यापुलाई मात्र नभएर मोफसलमा बसोबास गर्दै आएका ज्यापु समेटेर बिसौँ राष्ट्रिय ज्यापु दिवस मनाएकामा बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत सरकारका तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाए  । सरकारका तर्फबाट ज्यापु संस्कृति विकास कोषलाई सहयोग गर्ने उनले प्रतिबद्धता दिलाए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेवारी भाषा, सम्पदा र संस्कृतिको संरक्षण प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याए । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापु समुदायको संरक्षण, पुरातात्विक सम्पदाको जगेर्ना गर्ने कार्यमा महानगरले विशेष चासो दिएको उल्लेख गरिन् ।

कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह र राष्ट्रिय ज्यापु दिवस समारोहका संयोजक धनबहादुर महर्जनले ज्यापु संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन तथा परम्परागत गुठी खलहरुको संरक्षण गर्ने कार्यमा समन्वयका साथ अघि बढेको बताए । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ३० बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक