विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज पुस १० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु
मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बोक्कोस स्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ ।

बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ । झडपमा घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ। स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । यो घटना पठारमा गत मे महिना यताकै सबैभन्दा हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो ।

नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा गम्भीर सुरक्षा खतरा बढेको छ ।

अष्ट्रेलियामा आँधी : १ जनाको मृत्यु, १ लाख २० हजार घर बिजुलीविहीन
अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना निम्तिएको छ ।

चट्याङका कारण एक महिलाको मृत्यु भएको छ । सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय अखबार द कुरियर(मेल’ का अनुसार सडकमा हिँड्दै गर्दा रूख ढलेपछि गोल्ड कोस्ट शहरको उपनगर हेलेन्सभेलमा ५० वर्षकी महिलाको मृत्यु भएको थियो ।

गोल्ड कोस्ट, सिनिक रिम र लोगानमा आँधीको प्रभावले लगभग एक लाख २७ हजार घरहरू बिजुलीविहीन भएको अखबारले उल्लेख गरेको छ । स्थानीय बिजुली कम्पनीका कर्मचारीहरूले आँधीले क्षति पुगेका आठ सय ७५ वटा बिजुली लाइनहरू मर्मत कार्य भइरहेको बताएका छन् । क्वीन्सल्याण्डमा विनाशकारी आँधीबेहरीले ध्वस्त पारेको बिजुली केही दिनसम्म बन्द हुन सक्ने बताइएको छ।

मङ्गलबार दिउँसो अर्को आँधीबेहरी आउन सक्ने चेतावनी जारी गरिएको छ । उपनगरहरूले असिना पर्न सक्ने भन्दै दक्षिण पूर्व क्वीन्सल्याण्ड क्षेत्र प्रतिकूल मौसमबाट पीडित हुने सक्ने सूचना जारी गरेको छ । प्रतिकूल मौसमका कारण यस वर्षको क्रिसमसको अवधिमा पूर्वी अस्ट्रेलियामा विनाशकारी आँधी आउने सम्भावना रहेको अस्ट्रेलियाको एबीसी न्युज प्रसारकले शनिबार जनाएको छ ।

पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो
सीमा सुरक्षा बलले यस वर्ष लागूऔषध, हतियार र गोलबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ ।

बीएसएफले भारतीय भूभागमा लागूऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन(पक्षीय रणनीति’ बनाएको बताएको छ । सेनाहरूले ड्रोन मार्फत लागूऔषधको तस्करी गरिरहेका तस्करहरूलाई पक्रेका छन् ।

हमा पोष्ट का अनुसार सन् २०२३ मा, बीएसएफ पञ्जाबले भारतमा लागूऔषध तथा गोलालाबारुद तस्कर सहित एक सय वटा पाकिस्तानी ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको छ । ड्रोन, लागूपदार्थ तथा हतियार लगायत, बीएसएफले तस्करहरूलाई पनि सफलतापूर्वक पक्राउ गरेको आफ्नो पोस्टमा उल्लेख गरेको छ । ‘बीएसएफले लागूऔषध आपूर्तिमा कटौती गर्न तथा लागूऔषध दुरुपयोग विरुद्ध सचेतना बढाई युवाहरूलाई सशक्त बनाउन तीन(पक्षीय रणनीति लागू गरेको छ ।

यसैबीच, बीएसएफले सोमबार अमृतसरमा ड्रोन मार्फत तस्करीको प्रयासलाई विफल पार्दै चार सय ३४ ग्राम हेरोइन बरामद गरेको जानकारी दिएको छ ।
अधिकारीहरूका अनुसार पाकिस्तानी ड्रोनले भारतीय हवाई क्षेत्रको उल्लंघन गरेपछि बीएसएफका जवानहरूले खोजी अभियान शुरु गरेका थिए ।

राष्ट्रसंघीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको छ ।

सोमबार प्रकाशित भिडियोमा डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण करिब एक करोड मानिसलाई खाद्य सहायता घटाउन बाध्य हुनुपरेको बताएको छ । साथै उसले अन्तर्राष्ट्रिय निकायहरूसँग हालको जाडोमा अफगानिस्तानका जनतालाई सहयोग गर्न आह्वानसमेत गरेको छ । डब्लुएफपीले अफगानहरूलाई पहिलाभन्दा धेरै सहयोगको आवश्यकता रहेकामा जोड दिएको छ ।

खामा प्रेसको रिपोर्टअनुसार विश्वको सबैभन्दा खराब खाद्य असुरक्षा भएका आठ मुलुकमध्ये अफगानिस्तान पनि एउटा रहेको उक्त संगठनले जनाएको छ । अफगानिस्तानका जनता अहिलेको चिसो मौसमको सुरुआतबाट नराम्रोसँग प्रभावित भएको पनि उसले बताएको छ ।

यसैबीच युरोपेली युनियन (इयु) ले अफगानिस्तानमा खाँचोमा परेकालाई सहयोगका लागि दुई करोड ५० लाख युरो सहयोग गरेको डब्लुएफपीले घोषणा गरेको थियो ।

खामा प्रेसका अनुसार शासन परिवर्तन, आप्रवासीहरूलाई निर्वासित गर्ने संकट, मुलुकमा हालै गएको भूकम्प, पानीको कमी, जलवायु परिवर्तन र हालैको खडेरीका कारण अफगानिस्तानमा गरिबी बढेको छ र विशेषरूपमा महिला र बालबालिकाहरूमा नकारात्मक असर परेको छ । यसले अफगानिस्तानमा आवश्यकताको स्तरमा वृद्धि भएको छ ।

टोलो न्युजको रिपोर्टअनुसार अफगानिस्तानमा बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधिले एक रिपोर्टमा मुलुकमा बालबालिका गम्भीर उल्लङ्घनका लागि उच्च जोखिममा रहेको बताएका छन् ।

अफगानिस्तानस्थित खामा प्रेसका अनुसार यसअघि मानवीय सहायता समन्वयका लागि राष्ट्रसंघीय कार्यालय ९ओसिएचए० ले इयुले अफगानिस्तानको मानवीय सहायतामा ३० लाख युरो सहयोग गरेको बताएको थियो । ओसिएचएका अनुसार इयुले प्रदान गरेको कोषले सहायता एजेन्सीहरूलाई सम्पूर्ण अफगानिस्तानमा खाँचोमा परेका लाखौँलाई आवश्यक सहायता र सुरक्षा दिन सक्षम बनाउने छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ५९ बजे

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम