माओवादीको स्थायी समिति बैठक : यी हुन् आजका एजेन्डा | Khabarhub Khabarhub

माओवादीको स्थायी समिति बैठक : यी हुन् आजका एजेन्डा


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ।

बिहीबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुका साथै प्रतिवेदनसमेत पेश गरेका थिए।

‘ब्रिफिङ’मा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्वाचनको परिणाम, त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे उल्लेख गरेका छन्। उनले कांग्रेससँगको गठबन्धन छाडेर सरकार गठनका लागि एमालेसँग भएको समिकरणसम्मका बारेमा पार्टी सदस्यहरुलाई जानकारी गराए।

अध्यक्षको प्रतिवेदनमाथि आज नेताहरूले आफ्नो धारणा राख्नेछन्। त्यसैगरी आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका बारेमा पनि अध्यक्षले सुझाब मागेका छन् । यस्तै विभिन्न पार्टीसँग एकता गर्ने विषयमा निर्णय गर्न केन्द्रिय समिति बैठक बोलाउने तयारी छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ०५ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै