काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान तीव्र « Khabarhub

काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान तीव्र


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ। जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।

गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएको थियो। त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो। मण्डनदेउपुर–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको छ। रेबिज देखिएपछि उक्त क्षेत्रका पशुचौपायालाई खोप लगाउन थालिएको पशु चिकित्सक राजकुमार हुमागाईँले बताए।

मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन्। स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन्। यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ। थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए।

उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा, पशु शाखा, जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीले निगरानी गरिरहेको छ। केही महिनाअघि भुम्लु गाउँपालिकामा रेबिजका कारण पशुचौपायाको मृत्यु भएपछि त्यहाँका पशुचौपाया र दुई सय ८९ जनालाई रेबिजविरुद्धको खोप लगाइएको थियो। महाभारत गाउँपालिकामा पनि रेबिजका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ। कुकुरले टोकर मरेका गाई काटेर खाएपछि महाभारत–१ गोकुले र वडा नं ८ को घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए।

यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत, मण्डनदेउपुर र रोशीमा रेबिज फैलिएकोबारे अध्ययन भइरहेको बताए। “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, उनले भने। रेबिजबाट २०७७ चैतयता काभ्रेमा छ जनाको मृत्यु भएको छ। चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन। काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ। उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ। कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे र पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ५५ बजे

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८