रूपन्देहीको बेलहिया माविमा आधुनिक बालकक्षा संचालनमा « Khabarhub

रूपन्देहीको बेलहिया माविमा आधुनिक बालकक्षा संचालनमा


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ । शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस भन्ने उद्देश्यका साथ बसन्तपंचमीको शुभदिनमा कक्षाको उद्घाटन गरी संचालनमा आएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई लक्षित गरि निर्माण गरिएको बालमैत्री कक्षा उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, वडाध्यक्ष उज्ज्वल पोख्रेल, समाजसेवी देवराज न्यौपाने लगायतले विद्यालयको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिकस्तर सुधार गर्न शिक्षकको व्यवहारमा परिवर्तन गर्दै अभिभावक र विद्यार्थी तीनै पक्षको सहकार्य र समन्वयले शैक्षिक विकास सहजै गर्न सकिने बताउँदै शैक्षिक विकासका लागि भौतिक सुधारको खाँचो भए पनि त्यसबाट मात्र सबै कुरा हासिल नहुने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

बालविकास तथा स्याहारसँगै पढाइमा रुचि बढाउन र बालबालिकाको पढाइमा बानी विकास गर्न नयाँ भवनमा बाल कक्षाको सूरुवात गरिएको हो । कक्षा कोठामा वालपेन्टिङ, कारपेटिङ, पढाईसँगै खेलकुद र विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकासका लागि पनि कक्षा कोठालाई आवश्यकता अनुसार व्यवस्थापन गरेर सजाइएको विद्यालयकी प्राचार्य विना भण्डारीले बताइन । 

उनले विद्यालयको विकास एक दुई जनाले सम्भव नभएको बताउँदै विद्यालय व्यवस्थापन समिति शिक्षक, विद्यार्थी र शिक्षाप्रेमीहरुको सामुहिक प्रयासले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान अपरिहार्य हुने बताइन् । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ३ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र