मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु | Khabarhub Khabarhub

मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकाको तटपारी हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु भएको छ । उक्त टापु मुलुकमा आँधीमा परेर अरु १९ जना बेपत्ता भएका छन् ।

प्राप्त समाचार अनुसार मदागकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधीको प्रकोप देखिएको छ । मदागस्करको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार अहिले पनि आँधीको त्रास कायमै रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गरिएको छ ।

प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अनुसार ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा धेरैलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ ।

मलगासे अधिकारीहरुले जनाएअनुसार आँधीका कारण १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ४ : ०२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः