लागूऔषधसहित जनकपुरधामबाट चारजना पक्राउ « Khabarhub

लागूऔषधसहित जनकपुरधामबाट चारजना पक्राउ


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– धनुषा प्रहरीले जनकपुरधामबाट लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित उनीहरूलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज ६ प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे छन् ।

त्यस्तै, नगराइन नगरपालिका–७ का ज११प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा जुटको बोरामा १० वटा कार्टुनमा राखी पीडारीचोकदेखि उत्तरतर्फ उक्त परिमाणको लागूऔषध लैजाँदै गरेको अवस्थामा बरामद गरिएको प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ४ : ४० बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी