मिडियामा पीडितको आवाज पातलियो : काउन्सिल अध्यक्ष बस्नेत « Khabarhub

मिडियामा पीडितको आवाज पातलियो : काउन्सिल अध्यक्ष बस्नेत


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपय पीडितले मिडियाबाट थप पीडा हुने काम भएको गुनासो गरेको भन्दै त्यसलाई रोक्न सुझाव दिएका छन् ।

पीडितलाई थप पीडा दिने गरी समाचार र समाचारजन्य सामग्री दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन हुने भएकोले काउन्सिलले गर्ने मिडियाको अनुगमन र मूल्याङ्कनमा यसलाई विशेष निगरानी गर्न थालिएको उनले बताए । विशेषगरी अनलाइन र कतिपय सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री आइरहेको र त्यस्ता माध्यमलाई कडा कानूनी कारवाही हुँदै आएको बस्नेतले जानकारी दिए ।

‘पत्रकारिताबाट समाजलाई न्याय हुनुपर्ने हो, हिंसा न्यूनीकरण गर्न सघाउनुपर्ने हो तर कतिपय माध्यमबाट उल्टै हिंसा बढाउने, पारिवारिक कलह बढाउने र समाजलाई भड्काउने कार्य भएका छन् ।

पीडित पक्षको आवाज पातलिन थालिएको छ’ उनले भने, ‘नयाँ सञ्चालनमा आउने सञ्चार माध्यमले यस्ता कुरामा ध्यान दिएर समाचार सम्प्रेषण गरौँ, आचारसंहिता ख्याल गरौँ ।’

प्रेस काउन्सिल नेपालमा आज भएको अभिमुखीकरणको १८ औँ श्रृङ्खलालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रले समाजका समस्या उजागर गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै यस क्षेत्रले समाजलाई दिने न्यायमाथि प्रश्न उठ्न दिन नहुने बताए ।

यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समाजले पत्रकारिता क्षेत्रबाट राखेको अपेक्षा सही ढङ्गले पूरा गर्नु यस क्षेत्रको दायित्व भएको बताए । उनले नजानेर अथवा कसैको स्वार्थसिद्ध गर्न पत्रकारिता क्षेत्रको प्रयोग हुनु गम्भीर गल्ती हुने टिप्पणी गरे ।

उनले समाज रूपान्तरणको अभियानमा विश्वसनीय पत्रकारिता चाहिने भन्दै स्तरीय र विश्वसनीय पत्रकारिताका लागि लागू भएका पत्रकार आचारसंहिता र निर्देशिकाको पालना अनिवार्य सर्त भएको उल्लेख गरे । अध्यक्ष पोखरेलले अनलाइनहरूलाई जिम्मेवार र मर्यादित बनाउन काउन्सिलले यस्ता रचनात्मक कामलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

प्रेस काउन्सिल नेपालले नयाँ सूचीकरण हुन आउने अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा दिँदै आएको छ ।

शुक्रबारको कक्षामा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले विभिन्न सञ्चार निर्देशिका र तीनमा भएका व्यवस्थाबारे प्रशिक्षण दिएका थिए ।

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : १० बजे

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ