पाकिस्तानको आर्थिक संकट थप जटिल बन्दै « Khabarhub

पाकिस्तानको आर्थिक संकट थप जटिल बन्दै


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा जारी आर्थिक संकट थप जटिल बन्दै गएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा रुपैयाँमा तीव्र गिरावट आएसँगै पाकिस्तानी अर्थतन्त्र थप जटिलतातर्फ धकेलिएको हो ।

शनिबारमात्रै अन्तरबैंकिङ कारोबारमा १ अमेरिकी डलर बराबर २६२ पाकिस्तानी रुपैयाँसम्म पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यो अघिल्लो दिनभन्दा ७.१७ रुपैयाँ अर्थात् २.७३ प्रतिशतले बढेको हो । यसअघि शुक्रबार अन्तरबैंकिङ कारोबारमा पाकिस्तानी रुपैयाँ एकै दिन २४ रुपैयाँले बढेर २५४ रुपैयाँ पुगेको थियो ।

यसअघि पाकिस्तानी केन्द्रिय बैंकमा विदेशी मुद्राको सञ्चिती ९ वर्षयताकै सबैभन्दा कम भएको समाचार सार्वजनिक भएको थियो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार स्टेट बैंक अफ पाकिस्तानमा रहेको विदेशी मुद्रा सञ्चिती तीन अर्ब ६७ करोड डलरमा झरेको हो ।

स्टेट बैंक अफ पाकिस्तानले विदेशी मुद्राको सञ्चिती ९२ करोड तीस लाख डलरले घटेको जनाएको थियो । बाह्य ऋण चुक्ताका कारण विदेशी मुद्राको सञ्चिती घटेको जनाइएको छ ।

विदेशी मुद्राको सञ्चिती घटेसँगै रकम भुक्तानी नभएका कारण पाकिस्तानका बन्दरगाहमा सयौँ मालवाहक कन्टेनर अड्केका छन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ०२ बजे

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा