राष्ट्रपतिको चुनावमा ८ दलका कति जना बिक्री हुन्छन्, हेर्न बाँकी | Khabarhub Khabarhub

राष्ट्रपतिको चुनावमा ८ दलका कति जना बिक्री हुन्छन्, हेर्न बाँकी


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पुस १० गते प्रधानमन्त्री नियुक्त गर्नका लागि बनेको राजनीतिक दलहरूको समीकरण दुई महिनापछि राष्ट्रपति निर्वाचनका लागि फेरिएको छ र ८ दलको नयाँ समीकरण बनेको छ । यस्ता गठबन्धनहरू आखिर केका लागि बन्छन् ? पदकै लागि हो कि राष्ट्र र जनताका समस्या सम्बोधन गर्न बन्ने हुन् ? यसै विषयमा आधारित भएर लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटरसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश–

अहिले राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनेको छ, समग्रमा यस्ता गठबन्धन केका लागि बन्छन् ?

अहिलेको नयाँ समीकरणलाई हेर्दा इतिहासको पाटोलाई पनि नियाल्नुपर्छ । अहिले देख्दा ६२ र ६३ को आन्दोलनपछि नेपालमा राजनीतिक सरकार परिवर्तन भए । तर राजनीति फेरियो, राजनीतिक संस्कार फेर्न सकिएन । नेपाली राजनीतिको राम्रो नेतृत्व गर्नेको संख्या १५ जना भन्दा बढि हुन सकेन । र, राजनीति प्रतिक्रियामा सीमित रह्यो । सत्ता पाउनलाई समीकरण बने र सत्ता गुमाउने बेला समीकरण तोडिए । समीकरण र गठबन्धन भनेको सत्ताका  भर्‍याङहरु भए । सत्तामा पुग्नेबित्तिकै  भर्‍याङहरुलाई तल फाल्ने चलन भयो । सिद्धान्तको राजनीति जब सुविधाको राजनीतिमा फेरिन्छ तब नयाँ तर्कहरू निर्माण हुन्छन् र त्यसले जुनसुकै गठबन्धन बनाउन भत्काउन अनुमति दिने रहेछ ।

आफूलाई फाइदा कहाँ हुन्छ त्यो अनुसार नै समग्र राजनीतिलाई दिशा निर्देशन गर्ने खोज्ने राजनीतिक दलहरूलाई के भन्ने ?

सिद्धान्त, सम्झौताको राजनीति कुन बेला तोडिन्छ, कसैलाई थाहा हुँदैन । जब सत्तामा रहन सकिँदैन, टिक्न सकिँदैन र प्रतिक्रियाको राजनीति हुन्छ, तब तोडिन्छ ।

यो नयाँ समीकरण सही हो त ?

यो ठिक बेठिक भन्दा पनि सरकारमाथिको महासरकार स्वीकार गर्नसक्ने प्रधानमन्त्रीको मनोविज्ञान थिएन । जुन मूल्य मान्यता र आदर्शका साथमा प्रधानमन्त्रीले नयाँ सोच राख्नुभएको थियो, क्याबिनेटलाई अनुशासनमा राख्न सक्नुभएको थिएन र बाहिर आफ्नै गठबन्धनबाट अराजकता भएको थियो । राष्ट्र र जनताका लागि भन्ने त सबैका नारा हुन्छन् तर नियत भने परिणामले देखाउँछ । यो समीकरण बाध्यात्मक र चुत्थो निकासको रूपमा रहेको हुँदा यसको अवस्था र भविष्य लामो छ । हिजोको समीकरण भन्दा आजको जनता र राष्ट्रका लागि तुलनात्मक रूपबाट हिजोको समीकरण भन्दा यो अगाडि छ ।

नयाँ ८ दलीय समीकरणबाट धेरै फाइदा कसलाई भयो ?

पात्र भन्दा पनि प्रवृत्तिलाई लिएर जानु पर्दछ । यसले कतै यो निर्वाचन प्रणाली नै गलत त हैन ? भन्ने सन्देश दियो । जस्तो, ५० को दशकमा नेपालमा जुन राजनीतिक विकृतिहरू भए त्यो दोहोरिने त हैन ? राष्ट्रपतिको चुनावमा ८ दलको समीकरणमा भएका मानिसहरू कति आफ्नो विषयमा टिक्न सक्छन् र कति बजारमा बिक्रीको लागि आफूलाई राख्छन् त्यो त हेर्न बाँकी नै छ । किनकि हाम्रोमा विकृति र विसङ्गतिहरू मौलाउँदै गएका छन् । हाम्रोमा व्यवस्था ठिक छ तर निर्वाचन प्रणालीमा त कतै केही समस्या छैन भन्ने आशङ्का हुन्छ । र, २५ गतेको राष्ट्रपतिको निर्वाचनमा पनि यो गतिविधि हुन सक्छ ।

प्रस्तुति- पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ३ : ०७ बजे

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको