सुनकोसीमा एक पुरुषको शव फेला | Khabarhub Khabarhub

सुनकोसीमा एक पुरुषको शव फेला


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको छ । साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको हो । शवलाई प्रहरीको मुचुल्का उठाएर सतगद गरिएको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले बताए । 

शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ । हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ । ओखलढुंगा, सिन्धुली, काभ्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ । माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २७ वर्षीय मनबहादुर तामाङ सुतेकै ठाउँमा मृत फेला परेका छन् । आफन्तको जन्ती गएका तामाङ सुतेकै ठाउँमा मृत फेला परेको डिएसपी मुकारुङले बताए । 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १ : ४६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका