जापानले अमेरिकासँग ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्छ : प्रधानमन्त्री किशिदा | Khabarhub Khabarhub

जापानले अमेरिकासँग ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्छ : प्रधानमन्त्री किशिदा


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले अमेरिकासँग ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् ।

“हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” तल्लो सदनको बजेट समितिलाई किशिदाले बताए ।

यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले आफ्नो मुलुकले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११३ अर्ब जापानी येन अर्थात् १.५ अर्ब अमेरिकी डलर बराबर छुट्याएको बताएका थिए ।

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको अप्रत्याशित क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता नाटकीय रूपमा विस्तार गर्न चाहन्छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काबीच जापानको यो निर्ण सार्वजनिक भएको हो ।

जापानसँग दोस्रो विश्वयुद्धपछिको शान्तिवादी संविधान छ । यस संविधानले जापानको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ ।

तर,चीनले खडा गरेको चुनौतीका कारण जापानले गत वर्ष प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिहरू अद्यावधिक गरेको थियो । यसअनुसार जापानले सन् २०२७ सम्ममा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटोको मापदण्ड रक्षा खर्च दोब्बर बनाउने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ४ : ५४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका