रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६–० को जीतमा  « Khabarhub

रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६–० को जीतमा 


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरो–२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हराएको छ ।

जुन जीतमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । कतार विश्वकपपछि पोर्चुगलको यो लगातार दोस्रो जित हो । यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई  ४–० ले हराएको थियो ।

पहिलो हाफमा रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो भने १५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रतालाई दोब्बर बनाइदिए।

पोर्चुगलको गोलको वर्षा गर्ने क्रम रोकिएन, पुनः  १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे भने ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा नै खेल ४–० को स्थितिमा पुग्यो ।

दोस्रो हाफको ७७औँ मिनेटमा ओटाभियोले थप गोल गरे भने त्यसको १० मिनेट पछि अर्थात् ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपेर अन्ततः खेल ६–० को अवस्थामा रहन पुग्यो ।

जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’ मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ भने  एक अंक जोडेको लक्जमबर्ग पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : ५७ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले