बनेपामा कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा « Khabarhub

बनेपामा कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे – बनेपा नगरपालिकाले कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ । नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो ।

नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसीखेती गर्न यो कार्यक्रम सञ्चालन गरेको बताए । “यो कार्यक्रमले जैविक फोहर व्यवस्थापनमा सहयोग पुर्‍याउनुको साथै नगरको सौन्दर्यीकरणमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । यस कार्यक्रमलाई थप गर्दै थप ‘एक घर एक कम्पोष्ट विन’ वितरण गर्दै जाने लक्ष्य राखिएको छ ।

नगर उपप्रमुख विमला सापकोटाले यस कार्यक्रमले फोहर व्यवस्थापन र कृषिलाई समेटेको सुनाइन् । उनले भनिन्, “घरबाट निस्कने जैविक फोहर घरमै व्यवस्थापन गर्दै तरकारी उत्पादनका लागि नगरले कौसीखेती कार्यक्रम सञ्चालन गरेको हो”, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोष्ट विनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहर व्यवस्थापनमा सघाउन अनुरोध गरे ।

नगरले कौसी खेती प्रवर्द्धनका लागि वडा नं ७ मा एक सय ५०, ८ मा  एक सय ७५, ९ मा ७५, १० मा २५ १३ मा २५ र वडा नं ५ मा ५० वटा कम्पोष्ट विन वितरण गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ४८ बजे

नवलपरासी पूर्वमा ३ हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले