मनाङमा प्रहरी कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम « Khabarhub

मनाङमा प्रहरी कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मनाङ — हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका – १ तालस्थित ‘समुदायमा प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्धत मिल्ने बताइन् । आमनागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै भएकाले यसको महत्व बुझाउन कार्यक्रम गरिएको उनले उल्लेख गरे ।

प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीचको सम्बन्ध एकआपसमा जोडिएकाले आमनागरिकलाई सचेत गराउनका साथै समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

ताल आमासमूहका अध्यक्ष कान्छी गुरुङले यो जिल्ला पर्यटन क्षेत्रमा अगाडि रहे पनि कच्ची सडकले गर्दा पर्यटन विकासमा पछि परेको चर्चा गर्दै गत वर्षको बाढीका भएको क्षतिको रकम हालसम्म प्राप्त नभएकाले पहल गर्न आग्रह गरिन् ।

ज्येष्ठ नागरिक आशबहादुर गुरुङले बाटो तथा पुल बनाउनुपर्ने र गाडीमा यात्रा गर्दा ज्येष्ठ नागरिकलाई सिटको व्यवस्था भए÷नभएको नियमितरुपमा निगरानी राख्नुपर्नेमा जोड दिए ।

स्थानीय सिंहबहादुर गुरुङले प्रहरीबाट सहयोग प्राप्त भइरहेकै अवस्थामा पनि यात्राका क्रममा गाडी भाडा बढी लिने गरेकाले सम्बन्धित निकायबाट पहल हुनुपर्नेमा जोड दिए ।

स्थानीयवासी ललिता गुरुङले घरेलु हिंसा, झैझगडाले महिलाको सुरक्षा नहुने भएकाले यस्ता समस्यालाई नियमितरुपमा ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीयवासी राजन गुरूङले रातको समयमा प्रहरी गस्ती बढाउन अुनरोध गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : २६ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट