मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अन्तरक्रिया गर्ने « Khabarhub

मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अन्तरक्रिया गर्ने


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्यायका विषयमा देशव्यापी रुपमा अन्तरक्रिया आयोजना गर्ने भएको छ ।

अहिंसाप्रति प्रतिवद्ध एवं अहिंसात्मक संस्कृति प्रवद्र्धनका लागि क्रियाशील मानव अधिकारवादी संस्था शान्ति समाजले यही चैत १७ गतेदेखि दण्डहीनताको अन्त्य तथा हिंसाको खारेजीका लागि केन्द्रित रही अभियान सञ्चालन गर्ने भएको हो ।

यसै अभियानको सिलसिलामा समाजले चैत १७ गते ‘लोकतन्त्रको १७ वर्ष : सङ्क्रमणकालीन न्याय अलपत्र’ शीर्षकमा देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा समाजद्वारा तयार गरिएको १० बुँदे अवधारणापत्र प्रस्तुत गरिने सभापति रामकृष्ण बरालले जानकारी दिए ।

कार्यपालिकाको सिलसिलेवार आपत्तिजनक निर्णय, व्यवस्थापिकाको भूमिकालाई गौण बनाउने प्रयास र न्यायपालिका विरुद्धको मोर्चाबन्दीले लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेप्रति समाजले चिन्ता व्यक्त गर्दै कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

अवधारणा पत्रमा विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र सत्य निरुपण तथा मेलमिलाप आयोगको सन्दर्भ, कार्यपालिकाको आपत्तिजनक निर्णयको सिलसिला, व्यवस्थापिकाको विवेकलाई बन्दी बनाउने सिलसिला, न्यायपालिकामाथि नियोजित प्रहारको सिलसिलालगायतका बुँदा समेटिएका छन् ।

त्यसैगरी, सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन प्रमुख दलको अनिच्छा, बालसैन्य प्रयोगको सन्दर्भ, अनमिनको प्रमाणीकरण र माओवादीद्वारा बाल सैन्य प्रयोगको पुष्टि, दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान, लोकतन्त्र र शान्तिका लागि १० बुँदे सुझाव कार्यान्वयन गर्न आग्रहसहितका बुँदा पनि अवधारणा पत्रमा समेटिएका छन् ।

विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनेगरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन दबाब दिने उद्देश्यले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्न लागिएको सभापति बरालले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : ४० बजे

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख