हाम्रोमा यातायात नीति नै छैन | Khabarhub Khabarhub

हाम्रोमा यातायात नीति नै छैन

'सुरक्षित यात्राका लागि सडक मापदण्ड आवश्यक छ'


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नेपालमा करिब ७० हजार मालवाहक सवारी साधन दर्ता भएर सञ्चालन भएका छन्। पछिल्लो समय यो क्षेत्रका समस्या के कस्ता छन् ? सुधारका लागि के गर्नुपर्छ ? भारतीय मालवाहकको चपेटामा परेका नेपाली व्यावसायीको अवस्था कस्तो छ ? यस विषयमा आधारित भएर नेपाल ट्रक यातायात व्यावसायिक महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँसँग आशुतोष अर्यालले गरेको कुराकानी सम्पादित अंश :

अहिलेको समयमा नेपालको यातायात क्षेत्रको अवस्था कस्तो छ ?
यातायात क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा एक किसिमको महत्त्वपूर्ण भूमिका खेलेको छ। राष्ट्र निर्माणमा ढुवानीको साधन नभई नहुने साधन हुन्। अहिले चलिआएका सवारी साधनलाई स्तर वृद्धि गर्ने खालको अलिकति भरपर्दो र गुणस्तरीय हुने किसिमको बनाउनुपर्ने टडकारो आवश्यकता छ। तर सम्बन्धित निकायले यो विषयमा ध्यान दिन सकेको छैन।

तपाईंहरूको माग सम्बन्धित निकायसम्म नपुगेको हो कि ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागमार्फत् हामीले सरकारलाई भनिराखेका छौँ। जुन राज्य संरचनामा प्रदेश मन्त्रालय र प्रदेशका कार्यालयहरु रहेका छन्। यसको नियमन र अनुगमनको लागि गृह मन्त्रालय पनि प्रत्यक्ष रूपमा आउँछ। तर हाम्रा मागको सुनुवाइ हुन सकेको छैन। यसमा करको कुरा आउँदा अर्थ मन्त्रालय पनि जोडिन्छ। हाम्रोमा यातायात नीति नै छैन। संरक्षण कसले गर्ने भन्ने नै थाहा छैन। हाम्रा सडक कस्ता छन् तथा कति सवारी साधन चलाउँन सकिन्छ भन्ने मापदण्ड छैन। देशको विकासका लागि राजमार्गको मापदण्ड के हुनुपर्छ भन्ने छैन। त्यसैमा हामी अल्झिएका छौँ। निश्चित मापदण्ड नहुँदा यो समस्या बढेको देखिन्छ।

नेपालको सडकमा गाडी गुडाउँदै गर्दा कत्तिको सुरक्षित भएको महसुस गर्नुहुन्छ ?
सडक संरचनाको र सुरक्षाको दृष्टिले हेर्ने हो भने केही किलोमिटरबाहेक देशका सडक उपयुक्त छैनन्। पृथ्वी राजमार्ग नागढुङगाको अवस्था पनि नाजुक छ। पार्किङ स्थानको अभाव रहेको छ। पृथ्वी राजमार्गमा धेरै घटना भएको अवस्था छ। मुख्य रूपमा हाम्रो सवारी साधन बिग्रिन्छ तर त्यसलाई बनाउने ठाउँ हुँदैन। यो समस्या हटाउन हामी सक्ने अवस्थामा छैनौँ। त्यो कारण नेपालको सडक यात्रा सहज बन्न सकेको छैन।

चालक र सह-चालकलाई कस्तो प्रशिक्षण दिनुहुन्छ ?
हाम्रा पनि विभिन्न यातायात व्यवसायी छन्। यो व्यवस्थित हुन सकेको अवस्था छैन। पश्चिमाअञ्चल यातायात व्यवस्थापन संस्थाले त्यहाँका मजदुरलाई तालिम दिएर मात्र त्यसको प्रयोग गर्दै आएको छ। विभिन्न स्थानमा यसको मुख्य कार्यालय तथा त्यहाँको कार्यलाई तालिमको प्रबन्ध मिलाइएको छ। डाइभिङ सिकेको छ भनेर लाइसेन्स लिएर आए लगत्तै गाडी बुझाउने काम हामी गर्दैनौं। पूर्ण क्षमताको व्यक्ति मात्र चालक बन्न सक्छ। युवा बढी हौसिने भएकाले पनि दुर्घटनाको जोखिम हुने गर्छ। हामीले त्यसलाई कम गर्न तालिमको प्रबन्ध गरेका छौँ।

साना, ठूला तथा मझौला यातायात पछिल्लो समय किन पलायन भए ?
हामीले आजको २० वर्ष अगाडि हेर्ने हो भने चालकले प्राय फेटा बाँधेका हुन्थे। त्यसलाई सरकारी तहमा ट्रक मात्र चलाउने मानिन्थ्यो। त्योबेला ठूलाठूला कम्पनी रहेका थिए। त्यस अनुरूप गाडीका चालक हुन्थे। मलाई २०४२ साल तिर ट्रक लिन धेरै गाह्रो भएको थियो। अहिले धेरै सहज वातावरण सिर्जना भएको छ। सरकारी स्तरबाट पनि त्यसलाई सरल हिसाबमा ल्याएको छ। भारतीय सवारी साधनको प्रवेशले पनि सहज भएको छ। तर अहिले यो क्षेत्रमा अनुभव नभएका व्यक्तिको आवतजावत हुन थालेको छ। रोजगारीको एउटा राम्रो अवसर भए पनि अनुभवी व्यक्ति पलायन हुने समस्या देखिएको छ। यसले यातायात क्षेत्रलाई सुरक्षित बनाउन सक्दैन।

नेपाली गाडी भारत तथा अन्य देश जाँदा कुन-कुन प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ?
अहिले नेपाली सवारी साधन जति भारत तथा अन्य देश जानको लागि हामीले वाणिज्य दूतावासबाट ५० हजारको डिपोजिट राख्नुपर्ने हुन्छ। बैङ्क ग्यारेन्टी दिनुपर्छ। भारत सरकारलाई मान्य हुने बीमा गर्नुपर्छ। आर्थिक, सामाजिक कार्यको लागि सहज भएर लागिपर्नको लागि एउटा बाटो पहिल्याउनुपर्छ। भारतको लागि पनि नेपाल आएर २४ घण्टा भित्र फर्किने व्यवस्था गर्नुपर्छ। त्यो अवधिमा फर्किन नसके कारबाही गर्न सक्नुपर्छ। रुट अनुसारको भाडा कायम रहेको छ। त्यो सरकारले परीक्षण गरेर ठाउँ अनुसार मान्छे मारमा नपर्ने मापदण्ड बनाइएको छ। अन्य देशको जस्तो कडा कार्यविधि अपनाउनुपर्छ। खासमा नेपालको स्थिति नाजुक भएर यो कार्य पुरा नभएको जस्तो लाग्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति: कुसुम गौतम

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १२ : ११ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त