'अब भत्किने पालो नेपाली कांग्रेसको नै हो’ | Khabarhub Khabarhub

‘अब भत्किने पालो नेपाली कांग्रेसको नै हो’


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भर्खर सम्पन्न उपनिर्वाचनले पुराना दलहरुलाई धक्का दिएको छ। चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ भने बारा २ मा सत्ता गठबन्धनको बलमा पुरानै नेता जसपाका अध्यक्ष उपेन्द्र यादव ले बाजी मारेका छन् ।  यद्यपि यसले स्थापित दलहरुलाई झापड हानेको सन्देश बुझ्न कठिन छैन । तर एक्कासी नयाँ पार्टीमाथि यति धेरै विश्वास बढ्नुको कारणको सेरोफेरोमा आधारित रहेर लेखक तथा राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अब घण्टीको वेगलाई परम्परागत राजनीतिक शक्तिहरूले थेग्न नसक्ने अवस्था सिर्जना भएको हो ?

आम निर्वाचनदेखि उपनिर्वाचनसम्म आइपुग्दा ठूलै घण्टी बजेको हो । घण्टीलाई देखेर राजनीतिक दलहरू सबै तर्सिएका छन् । अहिलेको राजनीतिक दलहरु आन्दोलनहरुबाट स्थापित भएका हुन् । उनीहरुको मनमा धेरै ठूलो घण्टी बजेको छ । जे जस्तो भए पनि देशमा परिवर्तन होस् ।

स्वर्णिम वाग्ले राजनीतिक भन्दा पनि बौद्धिक व्यक्ति हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीमा उनको आबद्धताले यो मत पाएको भन्न सकिन्छ ?

यो सबै कांग्रेसप्रतिको वितृष्णा हो । त्यहाँका जनताले मङ्सिरको चुनावबाट रामचन्द्र पौडेललाई चुनेर पठाएको हो । उहाँ राष्ट्रपति भएपछि त्यो स्थान खाली भयो । यसअघि कांग्रेसका नेताहरूले कार्यकर्तालाई हात समातेर हँसिया हतौडामा भोट हाल्न लगाएका थिए । ती कार्यकर्ता र सदस्यहरूले अहिले घण्टीलाई भोट हाले । के गल्ती गरे ?

यो चुनाव ३ जना सांसद उत्पादनको लागि मात्र हो या यसको घेरा फराकिलो छ ?

जनादेशको हकमा र प्रतिनिधित्वको हकमा जनताले कस्तो प्रतिनिधित्व खोजेको छ, भोलि प्रतिनिधित्व गर्ने निर्वाचित व्यक्तिहरूको आचरण कस्तो रहनेछ ? विश्लेषक र मिडियाकर्मीहरुले यसबारे विश्लेषण गर्नुपर्छ । यो कांग्रेस र एमालेविरुद्धको जनादेश हो । अहिले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ हराएको छ । कांग्रेसप्रतिको वितृष्णा चितवन २ र तनहुँ १ मा धेरै रहेछ । त्यो वितृष्णाले नयाँ नेतृत्व खोजिरहेको छ । कांग्रेसका कार्ड होल्डरहरूले पनि कांग्रेसको आलोचना गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनौति कांग्रेसलाई भारी पर्दै गएको हो ?

अहिलेको अवस्थाले त्यही जनायो । एउटा राजनीतिक घटनाले अर्को घटनालाई प्रभाव पार्दै जान्छ । हरेक नेपालीका घरका मान्छे विदेशमा बस्छन् । गाउँमा बुढाबुढी मात्र भेटिन्छन् । उनीहरुले नेपालको चिन्ता गर्छन्, त्यसले के साबित हुन्छ ?

रास्वपालाई जीवन्त तर गन्तव्यहीन पार्टी भनेको सुनिन्छ, खासमा गन्तव्य सुरुमा नै बनाउने हो कि समयसँगै बनाउँदै जाने हो ?

राजनीतिक दलहरूको इतिहासलाई हेर्दा राजनीतिक दलको उत्पादन कसरी भएको छ, त्यो हेर्नुपर्ने हुन्छ । राजनीतिक दल एउटा समूह हो । केही गर्ने भनेर केही मानिसहरू जुट्छन्, तर त्यसमा हुटहुटी एउटा मान्छेको मात्र हुन्छ । पछि सबैको विचार मिल्दै जाँदा संगठन हुन्छ ।

आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण कस्तो हुने देख्नु हुन्छ ?

पार्टी कतिको ग्रहणशील हुन्छ, त्यसैमा भर पर्छ । सबैभन्दा बढी भत्किने भनेको अब नेपाली कांग्रेस नै हो। अब बाढी आउने नेपाली कांग्रेसमा नै हो । कांग्रेसले आफूलाई सचेत, सरल, र सही रुपमा अगाडि बढाएर नयाँ पुस्ताका लागि आकर्षक बन्न सक्नुपर्छ ।

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ९ : ४१ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश