'रास्वपामा महत्वकांक्षा र स्वार्थको टकरावले इतिहासको पुनरावृत्ति हुने जोखिम देखिन्छ' | Khabarhub Khabarhub

‘रास्वपामा महत्वकांक्षा र स्वार्थको टकरावले इतिहासको पुनरावृत्ति हुने जोखिम देखिन्छ’


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

उपनिर्वाचनमा बाराबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले दुई स्थानमा जित निकाल्यो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई कतिपयले खहरे खोलाको रूपमा पनि विश्लेषण गरिरहेका छन् । कसैले निरन्तर बगिरहने नदीको रूपमा पनि बुझेका छन् । देशका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले निकै मतान्तरसहित पराजित भए। उपनिर्वाचनमा  तेस्रो ठूलो दल माओवादी केन्द्रलगायतका केही दलले त उम्मेदवार नै उठाएनन् । यो परिप्रेक्षमा उपनिर्वाचनले दिने सन्देश लगायतका विषयमा आधारित भएर राजनीतिक विश्लेषक, चिन्तक नरेन्द्रजंग पिटरसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

उपनिर्वाचन भइसक्दा नेकपा माओवादी केन्द्रलाई तपाईँले कस्तो रूपमा पाउनु भएको छ ?

पहिलो कुरा गठबन्धनको अनुशासनलाई माओवादी केन्द्रले कायम गर्यो । उपनिर्वाचनमा उसले आफ्नो उम्मेदवारहरू उठाएन । बारामा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवजीलाई समर्थन दिनु उसको विवशता नै थियो । भित्र भएका समझदारीलाई निरन्तरता दिनका लागि उसले आफ्नो उम्मेदवारी नदिएको हुनसक्छ । परिणामले त्यही देखाउँछ ।

नयाँ दलप्रति मतदाताको झुकाव देखिनुको कारण के हो ?

पहिलो कुरा त संकेतमा नै सन्देश लुकेको हुन्छ । नेपाली राजनीतिमा यसले धेरै किसिमका सन्देश दिएको छ । यसले पुराना दलप्रतिको अविश्वासलाई जनाउँछ । यसमा अदालत भन्नुस्, चाहे निर्वाचन आयोग भन्नुस्, संस्थापनको पनि भूमिका रह्यो । मिडियाहरूको प्रतिक्रिया रह्यो । सामाजिक सञ्जाललाई नयाँ दलले उच्च प्रयोगमा ल्याए । यस चुनावले फेरि अर्को सन्देश दिएको छ, कम्युनिष्टहरुले भन्ने बुर्जुवा वा संसदीय अथवा लोकतन्त्रिक पार्टीबीच आपसमा पनि भिडन्त भएको हो ।

उपनिर्वाचनको परिणामले नयाँ दललाई कस्तो सन्देश दिएको हो ?

मानवीय सोचले नित्य चाहन्छ, नित्य नयाँ हुन्छ । नयाँ सोचले कहिलेकहीँ नयाँ स्वाद चाख्न खोज्छ । सर्वोच्च नेताको भाषणमा ताली ठोक्ने मात्र हो भने कार्यकर्ताले पार्टीलाई नजिकबाट नियाल्न सक्दैनन् । उहाँहरुले साँच्चै पार्टी चलाउने हो भने पार्टीजस्तो तरिकाले चलाउनु पर्‍यो । यसका लागि उहाँहरुले भिन्न मतको पनि कदर गर्न सक्नुपर्छ । सोच विचार गरेर अगाडि बढ्नुपर्छ । हाम्रो देश भूसंवेदनशील छ, यहाँ धेरै विकास गर्ने बाँकी नै छ । एमसीसी र बीआरआईको लडाईं पनि छ ।

यसले मतादातालाई चाहीँ कस्तो सन्देश दिएको छ नि ?

मतदाताले विकल्प खोज्छ । संस्थाको दुरुपयोग भएको, अदालतमाथि धेरै ठूलो प्रश्न उठेको, निर्वाचन आयोगमाथि प्रश्न उठिरहेको छ । केही गलत भएको छ भन्ने भान मानिसहरुमा पर्न गएको छ । राज्य सत्ता नै फेरिएको छ । नयाँ शक्ति भनेर आएकाले पनि भूमिका देखाउन सकेनन् । जनतामा अत्यन्त चरम घृणा र निराशा पैदा भएको छ । जे जस्ता घटना घटिरहेका छन्, त्यसको कारण अहिलेका ३ पार्टी नै हो भन्ने पर्न गएको छ । तीन पार्टीबीच कुनै तालमेल नै देखिएको छैन । नेपालको समग्र चरित्र नै भ्रष्टतन्त्रमा गएको छ ।

अहिलेका ३ पार्टी बिचको तालमेल कस्तो लाग्छ तपाईँलाई ?

३ वटा पार्टीबीच खासै तालमेल भएकोजस्तो देखिँदैन । नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि समस्या देख्छु । महत्वकांक्षा र स्वार्थको टकराव जुन तरिकाले देखिन्छ, यसले गर्दा कतै इतिहासको पुनरावृत्ति त हुँदैन भन्ने प्रश्न उब्जेको छ । शीतयुद्ध त अहिले पनि चलिरहेको छ ।

अब माओवादी केन्द्र कुन रूपमा अगाडि बढ्ला ?

यो सत्ता गठबन्धनले सञ्चालन गरिरहेको छ । त्यसमा माओवादीमात्र छैन । कांग्रेस पनि सत्तामा छ । अहिलेको सरकार भ्रम र भयका बीचमा चलिरहेको छ । यो भ्रष्टतन्त्रको जुन सत्ता छ त्यो नै मुख्य कारण हो । देश युनिफर्ममा चल्दैन । यो देश बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक देश हो । यो उपनिर्वाचन राजनीतिशास्त्री र राजनीतिका विद्यार्थीका लागि अध्ययनको विषय बनेको छ । तर, आम मानिसले त परिणामलाई हेर्छ नि ! परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आयो ।

उपनिर्वाचनपछि सरकार त फेरिँदैन होला नि ?

सरकारमाथि सङ्कट देखिँदैन । संख्याले गर्दा पनि अन्तर देखिँदैन । नयाँ सदस्यहरू त्यहाँ जान सक्छन् । जनमतमा त आवेग छ । तर, त्यसले सदनको चरित्र र सरकारको विषयमा ठूलो असर पर्छ जस्तो लाग्दैन ।

प्रस्तुति- कुसुम गौतम

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : ०६ बजे

लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा

काठमाडौं– नेपालमा लगानी प्रवर्द्धन तथा लगानी साझेदारीका लागि ‘डुइङ बिजनेस

नेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह

काठमाडौं– निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर

कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध

सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन

काठमाडौं– सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्

सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ