लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने « Khabarhub

लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ।

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरूले दाबी पेस गर्न लागेका हुन् । मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सुचना जारी गरेर दाबी पेस गर्न भनेका हुन्।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन्। तर, कसको नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैन।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका थिए । यद्यपि दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दाबी पेस गर्ने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ४७ बजे

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल