लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने « Khabarhub

लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ।

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरूले दाबी पेस गर्न लागेका हुन् । मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सुचना जारी गरेर दाबी पेस गर्न भनेका हुन्।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन्। तर, कसको नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैन।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका थिए । यद्यपि दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दाबी पेस गर्ने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ४७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति